२०७७ मंसिर ९, मंगलवार

‘भारतीय प्रधानमन्त्री मोदीको ज्यान खतरामा’

ठूला नोट प्रतिबन्ध लगाउने भारतीय सरकारको निर्णयको प्रंशसा गर्दै योग गुरु रामदेवले ड्रग्स तस्कर, आतंककारी र अन्य आर्थिक अपराधीबाट प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यान खतरा रहेको बताएका छन्।

yog-guru-ramdev
फाइल तस्बिर

सरकारको यो निर्णयले भारतको अर्थव्यवस्थालाई अगाडी लैजाने बताउँदै उनले ५०० र १००० का नोट बन्द गरेर मोदीले भ्रष्टाचार, आतंकवाद, नक्कली नोटको व्यवसायी, कालो धन जम्मा गर्नेलाई ठूलो झट्का दिएको बताए।

५०० र १००० का नक्कली भारतीय नोट पाकिस्तानमा छापिएर भारत भित्रिने गरेको भारतीय मिडिया बताउँछन्।

narendra-modi-sad-look
फाइल तस्बिर

 भारत सरकारको नोट प्रतिबन्धको निर्णय पछि पुरै भारतका नागरिक पनि प्रभावित भएका छन्। बैङ्कमा नयाँ नोट साट्नेको भिड घटेको छैन भने नेपालमा पनि त्यसको असर देखिएको छ। नेपालमा भएका भारतीय नोट साट्ने नसाट्ने बारे भारतको केन्द्रिय रिजर्भ बैङ्कले अहिलेसम्म कुनै संकेत दिएको छैन।