२०७७ मंसिर १३, शनिबार

मओवादी केन्द्र केन्द्रीयकार्यालयको बैठक सम्पन्न

_dsc8017काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीयकार्यालयको बैठक सोमबार लाजिम्पाटमा सम्पन्नभएको छ । प्रधानमन्त्रीतथा पार्टी अध्यक्षपुष्पकमलदाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनकाविषयमा छलफल भएको थियो ।

बैठकले सोमबार बेलुका बस्ने प्रमूखतीनदलकाशीर्ष नेताहरुको बैठकमा संविधान संशोधनकाविषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्षतथाप्रधानमन्त्रीलाई अधिकार दिएको छ । साथै पार्टीको संगठन लगायतकाविषयमाआवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजनागर्ने निर्णय भएको पार्टी प्रवक्तापम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्तापम्फा भुसालले भन्नुभयो, आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले आजपाँच बजे प्रमूखदलकाशीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संविधान संशोधनकाविषयमाउक्त बैठकमा छलफल हुनेछ, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।