२०७७ माघ ७, बुधबार

संविधान संशोधनका लागि सहमतिको प्रयास जारी, ‘प्रधानमन्त्री’

prachanda-1-1-1-copyताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका सहयात्री दलहरुबीचको सहमतिमा संविधान संशोधनका लागि सरकारले प्रयास गरिरहेको बताउनु भएको छ ।

कञ्चनजंगा हिमाल आरोहणको ६० वर्ष पुरा भएको अवसरमा ताप्लेजुङको सुकेटारमा आयोजित कञ्चनजंगा हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो भूकम्पपछि सत्तापक्ष प्रतिपक्ष नभनी हामीले राष्ट्रिय सहमति कायम गरेर उद्दार र राहतको काम सम्पन्न ग¥यौं । राजनीतिक सहमतिकै आधारमा चुनौतिपूर्ण ठानिएको संविधान निर्माणको कार्यभार पुरा ग¥यौं । संविधान त बनेको छ । तर, यसको स्वीकार्यता फराकिलो पारेर सिंगो राष्ट्रले स्वामित्व लिने कार्यभार अझै बाँकी छ । तसर्थ, संविधान संशोधन गरी मुलूकलाई निर्वाचनको दिशामा लैजान सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको छ ।’

प्रधानमन्त्रीले कञ्चनजंगा क्षेत्र विकासका असीमित सम्भावनाहरुले भरिपूर्ण रहेको भन्दै आरोहण पर्यटनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने विश्वास दिलाउनु भयो । महोत्सवमा मन्त्री सूर्यमान गुरुङ, व्यवस्थापिका—संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले पूर्वाञ्चलको विकासका सम्भावना र हिरक महोत्सवको महत्वबारे चर्चा गर्नुभएको थियो ।

ताप्लेजुङ जिल्लाकोे सुकेटारमा आयोजित कञ्चनजंगा हिरक महोत्सव कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको मन्तव्य :

कार्यक्रमका सभापति महोदय,
माननीय पर्यटन मन्त्री ज्यू,
प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण कार्यालयका कार्यालय प्रमुखहरु,
पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरु,
उपस्थित भद्र, महिला तथा सज्जनवृन्द,
सञ्चारकर्मी मित्रहरु ।

सर्वप्रथम, कञ्चनजंघाको प्रथम सफलतापूर्ण आरोहण गरेको साठीऔं वर्ष पुगेको अवसरमा मनाउन लागिएको कञ्चनजंघा हिरक महोत्सवको उपलक्ष्यमा यस हिमालको आरोहण गर्नुहुने सम्पूर्ण आरोहीहरु, यस क्षेत्रमा आबद्ध सबै व्यक्ति, संस्थाहरु र स्थानीय जनसमुदायमा हार्दिक बधाइ तथा महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्दछु । विगतका ६ दशकमा यस हिमालमा सफल आरोहण गरी योगदान पु¥याउनु हुने साहासिक आरोहीहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । म आजको दिनमा पर्वतारोहणको क्रममा दिवंगत हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहांहरुले यो क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दछु ।

सन् १९५५ पर्वतारोही समुदायका लागि स्मरणीय वर्ष भएको र २५ मे १९५६ मा व्रिटिस पर्वतारोही टोलीले कञ्चनजंगा हिमालको पहिलो पटक सफल आरोहण गरेको गौरवशाली दिनको सम्झनामा आयोजित हिरक जयन्ती समारोहमा भाग लिन पाउंदा मैले गौरव महसूस गरेको छु । कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा आयोजक मित्रहरु प्रति हार्दिक आभार समेत प्रकट गर्न चाहन्छु ।

यो महोत्सवले समग्र कञ्चनजंगा क्षेत्रको विकास, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न मद्धत पु¥याउने, कञ्चनजघा क्षेत्रका हिमालहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने, कञ्चनाजंघा क्षेत्र सुरक्षित, भरपर्दो र पाहुनामैत्री भएको सन्देश प्रवाह गर्न सफल हुने विश्वास लिएको छु । यसका साथै ताप्लेजुङ जिल्लामा रहेका पाथीभरा लगायतका महत्वपूर्ण धार्मिक स्थल र अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको बारेमा प्रचार प्रसार गरी यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मद्धत पुग्ने मेरो विश्वास छ ।

नेपालको तुलनात्मक लाभको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । त्यसमा पनि पर्वतीय पर्यटनले कूल पर्यटन क्षेत्रको ठूलो हिस्सा ओगटेको छ । यसका अतिरिक्त यसले नेपाललाई विश्वसामू चिनाउन समेत महत्वपूर्ण योगदान पु¥याएको छ भने यस क्षेत्रको विकासले स्थानीय समुदायमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै स्थानीयस्तरको विकासमा समेत मद्धत गरेको छ । यस प्रकारका महोत्सव उपरोक्त कार्यमा थप योगदान पु¥याउन अझ बढी फलदायी हुंदै आएका छन् ।

त्यसो त हालका दिनमा विश्व तापमानमा भएको वृद्धिले हिमाली क्षेत्रको हिउं पग्लन गइ हिउं पहिरो जाने, हिमताल फुट्ने खतरा बढ्नुका साथै हाम्रा महत्वपूर्ण हिमश्रृंखलामा हिउंको मात्रा कम हुन गइ यसको अस्तित्व नै संकटमा पर्दै गइरहेको छ । यसबाट यस क्षेत्रको समग्र पर्यावरणीय ह्रास आउनुका साथै स्थानीय समुदायको जीविकोपार्जनमा नै प्रतिकूल असर पार्ने संभावना रहन्छ ।

अतः हामीले यस प्रकारको वातावरणीय परिवर्तनको यस संभावित जोखिमलाई न्यूनीकरण र अनूकूलनका लागि आवश्यक कार्य गर्न जरुरी छ । हिमालय क्षेत्र जति सुन्दर छ मानव जीवनको लागि त्यति नै असुरक्षित पनि छ । यसै गरी पर्वतारोहणको कार्य पनि मनोरञ्जनात्क हुनुका साथै अत्यन्त जोखिमयुक्त पनि छ । पर्वतारोहीसंग जतिसुकै सीप र अनुभव भएतापनि यस क्षेत्रमा हुने अनिश्चित मौसमका कारण जुनसुकै बेला पर्वतारोहीले ज्यान गुमाउने खतरा रहन्छ । अतः यसतर्फ हामी सबैले सजगता अपनाउनु पनि आवश्यक दखिन्छ ।

नेपाल सरकारले जलवायु परिवर्तनका कारण पर्यावरणमा परेको असरले विकासोन्मुख देशका गरिब जनताको जीवनमा परेको नकारात्मक प्रभावका विषयमा अन्तराष्ट्रिय मञ्चमा सशक्त रुपमा विषयहरु उठाउंदै आइरहेको यहांहरुलाई अवगत नै छ । यसका साथै राष्ट्रियदेखि स्थानीय स्तरसम्म जलवायु परिवर्तन अनूकूलनका कार्यक्रम संचालन गरिरहेको व्यहोरा जानकारी गराउंदै स्थानीय जनतासंगको सहकार्यमा यसप्रकारका कार्यक्रमहरु अझ सघन रुपमा सञ्चालन गरिने जानकारी गराउंछु ।

ताप्लेजुङ जिल्ला विकासका अपार संभावना बोकेको जिल्ला हुंदाहुंदै पनि यस क्षेत्रमा भौतिक पूर्वाधारको क्षेत्रमा अपेक्षित रुपमा विकास हुन नसक्दा आम जनताको जनजीवन तुलनात्मक रुपमा कठिन रहेको भएको विषयसंग म जानकार छु । यसै विषयलाइ मध्यनजर गर्दै वत्र्तमान सरकारले दुर्गम र पिछडिएको क्षेत्रलाई विशेष प्राथमिकता दिइ कार्यक्रम सञ्चालन गरिरहेको छ । म यस अवसरमा ताप्लेजुुङ जिल्लाका सडक, खानेपानी, सिचाई, विमनस्थल लगायत अन्य धार्मिक र पर्यटकीय पूर्वाधारको निर्माणका लागि विशेष पहल लिने प्रतिबद्धता व्यक्त गर्दछु ।

खासगरी सुकेटारबाट लेलेप हुदैं ओलाङचुङगोलाको तिप्तला भञ्याङसम्मको सडक निर्माण, तमोर कोडिडोर निर्माण र दोभानस्थित तमोर नदी माथिको पुलसम्पन्न गर्ने कार्यका लागि नेपाल सरकारको तर्फबाट विशेष पहल लिने र सुकेटारबाट लेलेप हुदैं ओलाङचुङगोलाको तिप्तला भञ्याङसम्मको सडक निर्माणका लागि मित्रराष्ट्र चीन सरकारसंग समेत अनुरोध गरिने व्यहोरा जानकारी गराउंछु । कञ्चनजंघा क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास प्रवद्र्धनका लागि समेत आफ्नो तर्फबाट पूरापूर पहल गर्ने मेरो प्रतिबद्धता यहांहरु सामू राख्न चाहन्छु ।

यसै गरी ताप्लेजुङ जिल्ला विभिन्न प्रकारका प्राकृतिक विपदहरुबाट उच्च जोखिममा रहेको कारण यहां प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुन गरेको छ । गत वर्ष जेष्ठमा आएको बाढी पहिरोबाट प्रभावित भै विस्तापित हुन पुगेका खोक्लिङ, लिवाङ,लिङतेप, सान्थाक्रा, थुकिम्मा र थुङलाबु गा.वि.स. का बासिन्दाहरु उपयुक्त पुनस्र्थापनाकोपर्खाइमा हुनहुन्छ । म विस्तापित हुनु भएका परिवारहरुको पुनःस्थापनाका लागि समेत सरकारको तवरबाट विशेष पहल लिने व्यहोरा अवगत गराउंछु ।

ऐतिहासिक यस महोत्सवले पर्वतीय पर्यटनलाई थप व्यवस्थित र दिगो बनाउंदै स्थानीय जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउन थप योगदान पुग्ने मैले अपेक्षा गरेको छु । आजको दिनले यस क्षेत्रमा लाग्नुहुने सबैमा थप उत्साह, जोश, जांगर र प्रेरणा मिलोस् भन्ने कामना समेत गर्दछु ।

अन्तमा, प्राकृतिक सुन्दरताको अनुपम स्थानमा आइ यो महत्वपूर्ण समारोहमा सरिक हुने अवसरका लागि आयोजक मित्रहरुप्रति पुःन हार्दिक आभार प्रकट गर्दछु ।