२०७७ मंसिर १८, बिहीबार

प्लाटिक जन्य फोहोरले वीरेन्द्रनगर कुरुप बन्दै:जिम्मेवार निकाय मौन

rrrrसुर्खेत । जतापनि सैतै देखीने प्लाष्टिक जन्य फोहोर,धुलै धुलो उडने मोटरवाटो, ६ नंम्बर प्रदेशको संभावित राजधानी सुर्खेतको यो हालत देखेर हाल सुर्खेतमा बस्दै आउँनु भएका जाजरकोटका मानबहादुर खडका वाक्क दिक्क छन । गाउँको सफा वातारणमा बस्ने बानीपरेका खडकाले वीरेन्द्रनगरको पलास्टीक जन्य फोहोर देखेर जिम्मेवार निकायको वेवास्ता भएको बताउछन ।

उनि भन्छन“ ६ नंम्बर प्रदेशको राजधानी हुने ठाउँको यस्तो हविगत देखीनु जिम्मेवार निकाय कानमा तेल हालेर बसेको छ कि भन्ने कुराको पुष्टी हो”।

सरकारले समेत पल्लास्टीक जन्य झोलामा प्रतिबन्ध लगाउँने घोषणा गरेको झण्डै २ बर्ष बितेपनि ब्यवहारमा लागु हुन नसक्दा वीरेन्द्रनगरमा यो समस्या देखिएको हो । यसले गर्दा वातावरण प्रदुषण पनि भईरहेको छ । वीरेन्द्रनगर चिसापानिका रुपेश गुरुङले पलाष्टीक जन्य फोहोरका कारण नगर दिन प्रतिदिन कुरुप बन्दै गएको भन्दै यसवाट बाहिरवाट सुर्खेत घुम्न आउँने पर्यटकहरुमा नकरात्मक सन्देश गैरहेकोमा चिन्ता व्यक्त गरे ।

सुर्खेत सबै हिसाबले सम्बृद्ध शहर बन्दै गैरहेका बेला पलाष्टीक जन्य फोहोरमैला मुख्य चुनौती बनेको छ । मानिस एक सभ्य र चेनतशिल प्राणी भएपनि जानि जानि बुझ पचाउँने प्रबृती कहिल्यै अन्त्य हुन सकेन । सर्वसाधारणको व्यवास्ता र सरकारी नियकायको गैर जिम्मेवारपनका कारण वीरेन्द्रनगर कुरुप हुदै गएको देखिन्छ । हाल भैरहेका वजार क्षेत्रका कन्टेनरमा प्लास्टीक संकलन गर्ने हो र वीरेन्द्रनगर नगरपालकिाले सदरमुकामका अन्य विभिन्न ठाउँठाउमा गतिला फोहोर थुप्रान सक्ने कन्टेनर तथा डसबिन राखिदिएको भए वीरेन्द्रनगर फोहोर हुनबाट बच्नेथियो ।

फोहोर ब्यवस्थापन गर्ने दायित्व नगरपालिको भएपनि रातिमा जथाभाबि फोहोर फाल्ने गलत प्रबृतीको विकाश भएपछि यस्लाई रोक्न सर्वसाधारण उपभोक्ता हरुनै सचेत हुनुपर्ने देखिन्छ । यस्का लागि स्थानिय स्वायत्त साशन एैनभित्र रहेर नगरपालीका वा गाउविकास समितिहरुले जथाभावि फोहोर फाल्नेलाई कानुनको दायरामा ल्याउँन नियमन र कारबाहि गर्नुपर्ने हुन्छ ।

यसरी जताततै फोहोर मिल्काउनेलाई अहिले सम्म न त कसैलाई कारवाही गरीएको छ न सुझाव नै दिईएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेल वीरेन्द्रनगरको ६ नंम्बर वडामा दिनदिनै फोहोर संकलन तथा अरु वडामा आवश्यकता अनुसार फोहोर उठाउँने काम गरीरहेको भन्दै सार्वजनिक ठाउँको फोहोर संकलनका लागी मेसीन ल्याईएको जानकारी दिए ।

मेसीनवाट पलाष्टीक संकलन गरेर ठुलो परिणामको प्लाष्टीकलाई पनि सानो डल्लो बनाउँने र बाहीर पठाउँने तयारी भैरहेको पौडेलले बताए । “८० प्रतिशत फोहोर प्लाष्टीकहरुको कारणले भएको छ,प्रशासकिय अधिकृत पौडेलले भने,नियन्त्रणका लागी सुर्खेत उद्योग वाणिज्यसंघ संग पनि प्रारम्भिक अन्र्तक्रिया गरीएको छ तर ठोस योजना बन्न सकेको छैन” ।

सामान किन्दा सर्वसाधारण नागरीकले प्लाष्टीक झोलाकै प्रयोग गर्ने बानीले पनि नियन्त्रणमा समस्या भएको हो । यसको ठाउँमा कुहीने पर्दाथवाट बनेका झोलाहरु प्रयोग गर्नेबानि बसाल्न जनचेतनामूलक कार्यक्रम संचालनमा ल्याईएपनि त्यसको प्रभवकारी कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालीकाले केहि समयभित्रै नियन्त्रणका लागी अभियाननै चलाउँने तयारी गरिरहेको छ ।

प्लास्टिक नस्ट हुन करिब ५ सय बषै लाग्ने बिज्ञको भनाई छ । प्लास्टिकको झोला पेट्रोलियम पदार्थका साथै पोलिमर र पिग्मेन्ट लगायतका विभिन्न रसायनसमेत प्रयोग गरी बनाइने हुनाले मानव स्वास्थ्यको लागि जोखिमपूर्ण हुन्छन् ।

प्लास्टिकजन्य फोहर जलाउँदा निष्काशन हुने हानीकारक ग्यास डाइअक्सिन, प्यूरानले क्यान्सरजस्तो खतरनाक रोग निम्त्याउँछ । त्यसैले सम्बन्धित निकायको मात्रै भर पर्नु भन्दा सबैले आफनो ठाउँवाट नियन्त्रणको प्रयास गर्नेहो भने सुर्खेत पलाष्टिक मुक्त र प्रदेश नंम्बर ६ को सुन्दर राजधानि बन्ने कुरामा दुई मत छैन । यसमा सम्बन्धित निकाय र वीरेन्द्रनगर नगरपालिकाको ध्यान जाओस ।