२०७७ मंसिर १६, मंगलवार

कालिकोटमा पुनर संरचनाको काम झन जटिल बन्दै ।

कालिकोट । राज्यको पुनर संरचना तथा सिमांकन आयोगले तोकेको निर्धारित मिति भन्दा झण्डै एक महीना बित्न लाग्दा पनि कालिकोटमा सहमति जुट्न सकेको छैन ।

 सहमति जुट्न नसक्दा हाल सम्म जिल्ला स्थित प्राबिधिक सहयोग समितिले केन्द्र आयोग लाई जिल्लाको स्थानिय सरकारको पुनरसंरचना सिफारिस गर्न सकेको छैन । स्थानिय बिकास अधिकारी नेतृत्वको जिल्ला पुनरसंरचना प्राबिधिक सहयोग समितिले अझै पनि केन्द्रमा फाईनल पुरक प्रतिबेदन पठाउन नसकेको स्थानिय बिकास अधिकारी प्रदिपराज अधिकारीले बताए । काकिलोटको छाप्रे चिलखाया र मुम्राको बिवाद अझै टुंगिएको छैन ।

दलनेता तथा सम्बन्धित पार्टी बिचमै चर्को अँतरबिरोध सृजना भएको छ । स्थानिय स्तरका नेताहरु र जिल्ला स्तरका नेताहरु बिच पनि कुरा फरक फरक हुन थाले पछि प्राबिधिक सहयोग समितिलाई कठिन भएको छ । छाप्रे माओबादी केन्द्रका संयोजक दुर्ग बहादुर रावतको गाबिस हो तर स्थानिय दलनेता तथा सरोकारवलााहरु साबिकको इलाका नं ८ मा जान चाहेको भन्दै आन्दोलित छन भने आज मात्रै उनिहरुले सदरमुकाममा आन्दोलन गरेका छन भने माआबोदी केन्द्रका जिल्ला अध्यक्ष दुर्ग बहादुर रावत साबिककै इलाका नं ७ मा छाप्रे समाबेसको अडानमा रहेका छन ।

त्यस्तै मुम्रामा नेकपा माओबादी केन्द्र बहायकका दलहरुले बिकास निकास सडक संञ्जाल पानि ढलो तथा भुगोलका दृष्टिले राष्कोट संग मिल्ने भन्दै सिफरिस गरिएको राष्कोट नगर पाकिलामै समाबेस हुन चाहेको भन्दै बिभिन्न आन्दोलनका कार्यक्रम तय गरि रहेका छन भने माओबादी केन्द्रका कार्यकर्ता मात्रै साबिकको इलाका नं ४ को मेहेलमुडि संगै समाबेस हुनेमा सहमत रहेका छन ।

माओबादी केन्द्र बहायकका अन्य दलहरुले मुम्रा गाबिसका जनताको भेला तथा संकलित हस्ताक्षर समेत आजै केन्द्र आयोग समक्षे उजुरी दिएका छन । उनिहरुले जनताको माग सुनुवाई नगरिए मेहेलमुडि साबिककै इलाका नं ४ मा जान्छौ भन्नेहरु बिरुद्य आन्दोलन गर्ने चेतावनी दिएका छन । आज पनि दिनैभर सर्बदलिय छलफल भयो तर दलनेताहरुको आफ्नै आप्mनैे पुनर संरचनाको टुंगो लाग्न नसकेको खबर छ ।

जिल्लामा गाउँ पालिकाकै संख्या निधारण तथा सिमांकनको कुरा नटुंिगएका बेला वर्डा बिभाजन सिमा निर्धाधारणको कामले जिल्लामा निक्कै जटिलता सृजना हुने देखिएको छ । दलनेताहरुको निश्चित स्वार्थका कारण पुनर संरचनाको बिवाद झनझन लम्बिएको हो ।