२०७७ कार्तिक ६, बिहीबार

दुई अर्ब तीस करोड सेयर कारोबार


Stock-Market1काठमाडौँ
 धितोपत्र बजारमा बिहिबार नेप्से परिसूचक ३।५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन ।

नेपाल स्टक एक्चेन्जका अनुसार बिहिबार दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ ।

जलविद्युत् ०।३४, विकास बैंक ०।२४ वाणिज्य बैंक ०।१५, अन्य समूह ०।५२, उत्पादन २।१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने फाइनान्स ०।६६ र बिमा समूह ०।०४ प्रतिशतले बढेको स्टकले जनाएको छ ।

नेपाल बैंक लिमिटेडको रु २३ करोड ५० लाख, सिद्धार्थ बैंकको रु ११ करोड ५३ लाख, एनएमबी र नेपाल बैंक लिमिटेडको रु आठ÷आठ करोडको सेयर कारोबार भएको छ । बोटलर्स नेपालको सेयरको मूल्य झन्डै १० प्रतिशतले कमी आएपछि उत्पादन समूहको सेयर नै ओरालो लाग्यो । देव विकास बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताले बिहिबार नौ प्रतिशत बढीले नाफा कमाए ।  रासस