२०७७ माघ ११, आईतवार

महिला क्षमता विकास तालिम

women
      तस्विर : गुगलबाट

सुर्खेत ।  साझेदारी विकास परियोजनाले आयोजना गरेको तीन दिने जिल्ला स्तरीय महिला क्षमता विकास तालिम विहबिार समापन भएको छ ।

तालिममा साझेदारी विकास परियोजना लागु भएका विभिन्न १३ गाविसका ३९ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुले आफ्नो गाउँमा गएर सहभागितात्मक योजना छनौटमा सहभागी भएर आफ्ना योजना माग गर्ने बताउनु भएको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत योजना माग गर्न वस्ती स्तरको भेलामा सहभागी हुने र योजना  प्राथामीकीकरणका लागि पैरवी गर्ने सहभागीहरुले बताएका छन् ।

घाटगाउँकी नन्दकला वि.क.ले यसअघि लक्षित वर्ग कार्यक्रमका बारेमा आफूलाई थाहा नभएको र तालिममा सहभागी भएपछि सो विषयमा जानकारी पाएको बताए । तालिममा साझेदारी विकास परियोजनाका जिल्ला फिल्ड संयोजक प्रज्ञा थापा, प्रशिक्षक कविन्द्रकुमार केसी र सीता बोहोराले सहजीकरण गरेका थिए ।