२०७७ मंसिर १०, बुधबार

‘बालविवाहमहिला हिंसाको मुख्य कारण’

womenसुर्खेत। बल विवाह न्यूनिकरणमा मेरो भूमिका विषयक विद्यालय तह स्तरको बक्तृत्वकला प्रतियोगिता यहाँको वीरुेन्द्रनगरमा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा जिल्ला बाल कल्याण समिति सुर्खेतको आयोजनामा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । समाजको सबै वर्ग र तहमा बालविवाहको समस्या विद्यमान भएको हुदा बालबालिकाहरुबाट जनचेतना अभिवृद्धि गर्नको लागि आयोजना गरिएको यस कार्यक्रममा ८ विद्यालयका १३ जनाले भाग लिएका थिए ।

सहआयोजक रहेको जन मा.वि. वीरेन्द्रनगरको मैदान संचालन गरिएको प्रतियोगिता सहायक प्रमुख जिल्लाअधिकारी एवं जिल्लाबाल कल्याण समिति सुर्खेतको संयोजक गंगा प्रसाद न्यौपानको सभापतित्वमा भएको हो ।

प््रतियोगितामा प्रभातमा.वि. कोलडांडाका ललित थापा प्रथम, जन मा.वि. वीरेन्द्रनगरको हीरा रसाइली द्धितीय, कृष्ण संस्कृत तथा साधारण मा.वि.का हरिशरण रावत तृतीय, जनसेवामा.वि. घुस्राको ललित वुढामगरले सान्त्वना स्थानप्राप्त गरेका थिए । जिल्ला शिक्षाकार्यालय सुर्खेतको समन्वयमा भएको यस कार्यक्रमलाई स्याक नेपाल र नवज्योति केन्द्रले आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्य, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति लोक बहादुर खत्री, शैक्षिक अभियन्ता नरेश विक्रम ढकाल, नवज्योति केन्द्रका जरमाया वाठा, जन मा.वि.काप्राचार्य यामबहादुर श्रेष्ठ, त्रिपुरेश्वर मा.वि.काशिक्षक टेकनारायण उपाध्याय, भैरव मा.वि.का प्र.अ. भुमिसरा चपाईल गायतको उपस्थिति रहेको थियो ।