२०७७ मंसिर १७, बुधबार

शिक्षक संगठनको प्रदेश कार्यालय उद्घाटन

eeeसुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल, शिक्षक संगठनको प्रदेश नं. ६ को कार्यालय यहाँको वीरुेन्द्रनगरमा उद्घाटन गरिएको छ ।

कार्यालय संगठनका केन्द्रीय अध्यक्ष भोला सापकोटाले उद्घाटन गरेका हुन् । संगठनको प्रदेश नं. ६ को समिक्षा बैठकमा सहभागी हुन आएका सापकोटाले कार्यालयको समेत उद्घाटन गरेका हुन् ।

यसबीच संगठनको प्रदेश नं. ६ को समिक्षा बैठक पनि सम्पन्न भएको छ । प्रदेश नं. ६ का इन्चार्ज सर्पराज सिंहको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रीय उपमहासचिव निमबहादुर के.सी.लगायतको पनि सहभागिता रहेको थियो ।

बैठकमा प्रदेशमा संगठनको अवस्थाका बारेमा पनि रिपोर्टिङ गरिएको थियो । रिपोर्टिङका क्रममा उठेका सवालहरुको समेत जवाफ दिदै केन्द्रीय अध्यक्ष सापकोटाले प्रशिक्षणमूलक भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण प्रदेश नं. ६ का संयोजक रेश्मीलाल चपाईले गरेका थिए ।