२०७७ माघ ८, बिहीबार

अक्टुवर क्रान्तिको समिक्षा

national-morchaसुर्खेत। राष्ट्रिय जनमोर्चा, सुर्खेतले अक्टुवर क्रान्तिको अवसरमा संचालन गरिरहेको १ वर्षे अभियान अन्तर्रगत वीरेन्द्रनगर छलफल समपन्न भएको छ ।

‘अक्टोवर क्रान्तिको सतवार्षिकी कार्यक्रम सफल पारौं, नयाँ पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं, ‘नौलो जनवादी क्रान्तिको आधार तयार गरौं,अखण्ड नेपाल कायम गर्न एक कदम अघि बढौं’ भन्ने मूल नाराका साथ सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम प्यासीको प्रमुख आतिथ्ता भएको हो ।

कार्यक्रममा जनमोर्चा सुर्खेतका अध्यक्ष गोेविन्द सुवेदीको रहेको थियो । केन्द्रिय सदस्य रत्न बिक्रम प्यासीले अब नेपालका क्रान्तिकारीहरु एक हुनु पर्ने बताए । उनले रुसमा अक्टुवर क्रान्ति सम्पन्न भएको ९९ वर्ष पुरा भएको अवसरमा विश्वका ४२ वटा राष्ट्रका अन्तराष्ट्रि कम्युनिष्ट को–अर्डिनेशनको निर्णय अनुसार नेपालमा पनि यो कार्यक्रम संचालन गर्न थालिएको बताएका थिए

। वर्तमान अवस्थामा राज्य तरल अवस्थामा भएको र गणतन्त्रलाई समाप्त पार्न संघीयता लागु गर्ने, नागरिकता वितरण नीति खुकुलो बनाई अंगिकृत नागरिकताधारीहरुलाई राज्यको मूख्य पदमा पु¥याउने, मधेश टुक्राउने, सत्ता जोगाउन नेपालका प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई बुझाउने काम भईरहेको छ ।

प्यासीले भने सुर्खेतमा विकास निमार्ण धेरै अनियमिता भएको र नेपालमा कृषि क्रन्ति गर्ने आवश्यक रहेको बताए । उनले भने नेपाललाई भुटानीकरण बनाउन लागेको आरोप लागेका थिए ।