२०७७ मंसिर ८, सोमबार

अटो रिक्सा आएपछि ठेला रिक्सा संकटमा

dsc01441सुर्खेत । विगत १० वर्षदेखि संञ्चालनमा रहेका ठेला रिक्सा चालकको पेशा संकटमा परेको छ । अटो रिक्सा धमाधम संञ्चालनमा आएपछि ठेला रिक्सा संकटमा पर्न थालेको हो ।

यात्रु र सामान सबै अटो रिक्साले बोक्न थालेपछि हिजाआज ठेला रिक्सा चालकहरु चोकचोकामा दिन भरी झिँगा हाक्दै बस्न बाध्य भएकाकाछन् । यात्रुको खोजीमा भौतारिएका वीरेन्द्रनगर शान्तिटोल ६ सुर्खेतका ५० वर्षका नरहबहादुर सुनार आफ्नो गुनासो पोक्दै भने–‘६ जना परिवार छ,पहिला टेम्पो संञ्चालन नहँुदा दिनमा १ हजार ५ सय रुपैया सम्म दिनमा कमाई हुन्थयो । संञ्चालन भएदेखि टेम्पोले आधा भाग लिइसकेको थियो ।

फेरी अटो रिक्सा सञ्चालन भए पछि त हाम्रो पेशा नै बर्बाद पारिदिएको छ ।’’ घर खर्च चलाउन सारै कठिन भएको उनले बताए । ‘‘छोराछोरीलाई स्कुल पढाउन पनि गाह्रो भईसक्यो बिहान बेलुका रिक्सा चलाएर नै जिवन गुजारा गर्दै आएका थियौ,’ उनले भने–‘अहिले ठेला रिक्सा सुर्खेतमा ३५ देखि ४० सम्म छन,सबैको पेशा नै यही हो, अहिले घरमा खर्च चलाउन पनि गा्रहो भएको छ ।’’

यसैगरी सुर्खेत चिसापानी–५ का ४४ वर्षका अम्मर गन्र्दभको पनि गुनासो उस्तै रहेको छ । गन्दर्भले भने घरमा ५ जना परिवार छ । सूरुमा भारतमा मजदुरी गरी कमाई गरेका थिए । भारतको दुःखले आफ्नौ गाँउमा कमाई गर्ने भन्दै ठेला रिक्सा चलाउन थाले । पहिला पहिला कमाई राम्रै थियो अहिले अटो रिक्साहरुले यात्रु र सामान दुवै बोक्न थाले पछि समस्यामा परेको उनले बताए । उनले दिनमा कहिले १ सय मात्रै कमाउने कहिले खाली हात फिर्किनु परेको गुनाशो गरे ।

‘‘अटो रिक्साले यात्रु मात्रै बोकेको भए पनि हामीले सामान बोक्न त पाइथ्यो’ उनले भने–‘अब बुढेशकाल पनि लागिसक्यो घरमा कमाउने कोही छैन,ठेला चलाएर जीवन गुजारा गदै आएको थिए, यही पेशा पनि संकटमा परेको छ ।’’ उनीहरु त केही पात्र मात्रै हुन सुर्खेतका सबै ठेला रिक्सावालाको समस्या यस्तै छ । उनीहरुको जीवन गुजारा गर्ने बाटो करिब बन्द जस्तै भएको छ ।

तातापानी १८ बस्दै आएका ५२ वर्षका रिठया सुनारको पिडा पनि उस्तै छ । सुनारले आफ्नो दुख सुनाउदै भने–‘‘श्रीमती घरबाट दैलेख गएको पनी १ महिला भई सक्यो आएकी छैन । घर खर्च चलाउन कठिन भएपछि ठुली छोरी कुवेत गएको ३ वर्ष भईसक्यो । १ छोरा कालापहाड गएको छ । १५ वर्ष भइसक्यो अहिलेसम्म आएको छैन । कहाँ छ कस्तो अवस्थामा छ थाहै छैन ।

घरमा बिहान बेलुका खर्च चलाउनकै लागि सुरुमा २२ हजार रुपैैया हालेर रिक्सा किनेको थिए । पहिला कमाई राम्रै हुन्थ्यो । खाना खर्च पनि पुग्थ्यो भने अहिले अटो रिक्सा आएपछि त्यो पनि कमाई हुनै छोड्यो ।