२०७७ माघ ४, आईतवार

सुर्खेत बुलबुले यातायात प्रालिका अध्यक्षद्वारा राजीनामा

night_bus_1418099799सुर्खेत । सुर्खेत बुलबुले यातायात प्रालिका अध्यक्ष सुशीलराज रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत भदौ १ गतेदेखि सेवा शुरु गरेको सुर्खेत बुलबुले यातायात प्रालिमा शेयरधनीहरु वीच विवाद बढेपछि अध्यक्ष पद सहित समितिमै नरहने गरी रेग्मीले राजीनामा दिएका छन् ।

प्रालिको आईतवार वीरेन्द्रनगरमा बसेको कार्य समिति बैठकले रेग्मीको राजीनामा स्वीकार गरेको बताएको छ । अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त प्रालिमा रहेको रेग्मीको शेयर समेत खारेज गर्न कार्य समितिले स्वीकार गरेको छ ।

संस्थापक अध्यक्ष समेत रहेका रेग्मीले पछिल्लो समय आफ्नै कार्य समितिको बढ्दो विवादका कारण राजीनाम दिएको सञ्चारकर्मीलाई बताए ।