२०७७ माघ ३, शनिबार

अमरज्योतीमा लैङ्गिक हिंसा विरुद्धको अभियान

dsc01485सुर्खेत । महिला हिंसा विरुद्धको १६ दिने अभियानमा अमरज्योति उच्च माध्यमिक विद्यालयले चेतनामूलक कार्यक्रम गरेको छ ।
सामाजिक कानुनी सहायता केन्द्र सुर्खेतको सहजिकरणमा विद्यालयमा यो कार्यक्रम आयोजना गरिएको हो । ‘घर शान्ति नै विश्व शान्तिको आधार हो, महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं’ नाराका साथ मनाइरहेको १६ दिन अभियान अन्तर्गत मंगरबा अमरज्योतीले एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा द्रुत न्यायप्रणाली, सुरक्षा संयन्त्रको विकास र विस्तार नहुँदा पीडितलाई न्याय र पीडकलाई सजायँ हुने अवस्था नभएको सहभागीहरुले बताएका छन् । यस्ता घटनाले दण्डहिनता बढाउने गरेको सहभागीहरुको भनाई थियो । दण्डहिनताको अन्त्य गर्न कानून कडाईका साथ लागू गर्ने, बलात्कार सम्बन्धी कानूनको पूनरावलोकन, निशुल्क कानूनी सहायता र विशेष सेवा प्रदान गरेर महिला र बालिकाहरुको न्यायमा पहुँच बढाउने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रतिनिधी लक्ष्मी ठाकुर, आवाज संस्था प्रतिनिधि निशा पौडेल, पुनरावेदन अदलतका अधिवत्ता मानबहादुर सिँजाली लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजिकरण कानुनी सहायता केन्द्र खुर्खेतका अधिवत्ता वीरेन्द्रकुमार थापाले गरेका थिए ।