२०७७ मंसिर ९, मंगलवार

संविधान संसोधन प्रस्तावको सुर्खेतमा पनि बिरोध, एमाले र जनमोर्चा सडकमा उत्रिए

jjसुर्खेत। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सुर्खेतमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले बिरोध प्रदर्शन गरेकाछन् ।

एमालेले केन्द्रीय निर्देशन अनुसार सडकमा राँके जुलुससहित विभिन्न भातृ संगठन युवा संघ, अनेरास्ववियुका युवाहरुको उपस्थितिमा सडकमा प्रदर्शन गरेको हो । सुर्खेतमा एमाले कार्यकर्ताहरुले राँके जुलुससहित प्रदर्शन गरी कोणसभा गरेका थिए ।
यस्तै राष्ट्रिय जनमोर्चा सुर्खेतले पनि बिरोध प्रदर्शन गरेको छ । बिरोध सभामा राष्ट्रिय जनमोेर्चाका केन्द्रीय सदस्य रत्नबिक्रम प्यासीले संघीयताको बिरोधमा एक दिन सबै नेपाली जनताहरु सडकमा आउँने दावी गरे । संसदमा दर्ता भएको संबिधान संशोधनको बिध्येक खारेज गर्न माग गर्दै उनले यसका बिरुद्धमा आन्दोलन चर्काउँने चेतावनी दिए ।

संघीयताको नाममा प्रमुख दलहरुले देशलाई बिखण्डन तिर लैजान खोजेको उनको आरोप छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका भेरी कर्णाली क्षेत्रीय कोषाध्यक्ष धनप्रसाद देवकोटाले संबिधान संशोधन जनताको हितमा हुनु पर्ने बताउँदै अहिलेको संशोधन बिध्येक खारेज नभए जनतालेनै आन्दोलन गर्ने ठोकुवा गरे ।

जिल्ला अध्यक्ष गोबिन्द प्रसाद सुवेदीले संघियताका नाममा देशलाई बिखण्डन तर्फ लैजान खोज्न तत्व सक्रिय भएकोले जनताहरु सर्तक रहनु पर्ने बताए । संसदमा दर्ता भएको संबिधान संशोधन बिध्येक खारेज गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाले देशब्यापि रुपमा बिरोध कार्यक्रम गरेको जनाएको छ ।