२०७७ माघ १४, बुधबार

राप्रपा र राप्रपा नेपाल क्षेत्र नंम्बर ३ को एकता भेला

raprapaसुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टि र राप्रपा नेपाल क्षेत्र नंम्बर ३ सुर्खेतको एकता भेला विहीबार बाबियाचौरमा सम्पन्न भएको छ । भेलाले कर्णबहादुर रेगामी मगरलाई सर्वसम्बत क्षेत्रीय कार्यसमितीको अध्यक्षमा चयन गरेको छ ।

२५ सदस्य क्षेत्रीय कार्यसमितीको उपाध्यक्षमा चन्द्रबहादुर शाही,सहउपाध्यक्षमा लक्ष्मी बयक,सचिवमा मणिराम भण्डारी,सहसचिव टोपा गीरी र कोषाध्यक्षमा हरिकला तारामी मगर रहेकाछन् ।

कार्यक्रममा केन्द्रीय सदस्य भद्रबहादुर शाही र बसन्त कूमार थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागी सक्रिय रुपमा लाग्ने बताएका थिए । यस्तै राप्रपाका जिल्ला अध्यक्ष कबिराम पुरी र राप्रपा नेपालका अध्यक्ष मानबहादुर खड्काले एकतावाट राप्रपा सबै भन्दा ठुलो हुने दाबि गरे ।

केन्द्रमा एकता भएसंगै जिल्लामा पनि सुरु गरीएको राप्रपा सुर्खेतका सह–सचिव रुद्रबहादुर चन्दले जानकारी दिए । यही २२ गते क्षेत्र नंम्बर २ को एकता भेला वीरेन्द्रनगरमा र २३ गते जिल्ला एकता हुने चन्दले जानकारी दिए ।