२०७७ कार्तिक ५, बुधबार

शाहरुखका छोराले धुम ५ बाट बलिउडमा कदम राख्ने

Shah-Rukh-Khans-Son-Aryan-13209488बलिउडका किङ खान शाहरुख खानको छोरा आर्यन खान ‘धुम ५’ बाट बलिउडमा पाइला राख्ने भएका छन् । फिल्म स्कुलमा अभिनय सिकिरहेका आर्यनलाई ‘धुम ५’ माफत आदित्य चोपराले ब्रेक दिन लागेका हुन ।

अभिनयको कक्षा लिई रहेका आर्यनलाई उनका पिता शाहरुख खानले अभिनय निर्खानका लागि क्लासिकल फिल्म ‘फलिङ डाउन’ ‘अनटचेबल्स’ ‘जाने भी दो यारो’ ‘देवदास’ लगाएत फिल्ममा आफूले गरेको अभिनयबारे पनि ज्ञान दिई रहेका छन् ।

‘धुम ४’ मा रणवीर सिंह र सलमान खानलाई लिने कुरा बाहिर आईरहेको छ । अहिले फिल्मको कास्टिङ चलिरहेकोले कुनै कुरा तयभएको छैन ।