२०७७ मंसिर १५, सोमबार

एमालेको प्रदेश नं. ६ को भेला संविधान संशोधन षड्यन्त्र : खनाल

dsc01517-1सुर्खेत । नेकपा (एमाले) को प्रदेश नं. ६ को भेला यहाँको वीरेन्द्रनगरमा उद्घाटन भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता झलनाथ खनालले शुक्रबार उद्घाटन गरेका हुन् ।

भेलाको उद्घाटन पछि बोल्दै नेता खनालले संविधान संशोधनको प्रस्ताव षयन्त्र भएको बताएका छन् । नेता खनालले संविधान संशोधन नेपालीको माग नभई वैदेशिक चलखेल भएको बताए । प्रमुख तीन राजनीतिक दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा माओबादीको एकतामा राजतन्त्रको अन्त्य गरिएको स्मरण गर्दै उनले संविधान संशोधनको प्रकृया अगाडी बढ्न नसक्ने दावी समेत गरेका छन् । उनले मावादीले जातीयता नारा लगाएर देशमा हिंसा मच्चाउन खोजेको आरोपसमेत लगाए ।

एक मधेश एक प्रदेशको माग लिएर आन्दोलन गरेका मधेशि दलहरुले पनि विदेशी खेलमा संलग्न भएको उनको भनाई छ । नेपालको संविधान २०७३ मा नेपाली नागरिकता अंगिकृत रुपमा दिन मिल्ने ब्यवस्था मिलाईएको प्रति अहिले भ्रम मात्र फैलाएको खनालले बताए । निश्चित मापदण्ड बनाएर विदेशि नागरिक नेपालीसंग विबाह गरी आएको खण्डमा अंगिकृत नागरिकता दिन सकिने संविधानमा उल्लेख भएको तर सत्तारुढ दलले गलत प्रचार उनको भनाई छ । नेपालको संविधान लोकतान्त्रिक, देशभत्ति, प्रगतीशिल र समाजबाद उन्मुखको संविधान भएकाले कुनै पनि हालतमा संशोधन हुनुपर्छ भन्नेमा एमाले रहेको उनले बताए ।

यस्तै, भेलाको उद्घाटन सत्रमा माओवादी केन्द्रको बिरोधमा लामो समय खर्चेका खनालले बल्लबल्ल जारी भएको संविधान कार्यान्वयनका लागि कार्यकर्तालाई आव्हान गरेका छन् । पहिलो संविधानसभामा तत्कालिन माओवादी ठुलो पार्टी भएकोले संविधान नबनेको भन्दै उनले दोस्रो संविधानसभामा पनि माओवादी नै ठुलो दल भएको भए संविधान अहिलेसम्म पनि नबन्ने बताए ।

पहिलो संविधानमा माओवादीले जातिवाद र सम्प्रादायवादको किचलो झिकेकोले संविधान नबनेको भन्दै उनले दोस्रोमा माओवादी कम्जोर भएकोले संविधान बनेको बताए । कार्यक्रममा नेकपा (एमाले) का महासचिव इश्वर पोख्रेल, उपाध्यक्ष तथा प्रदेश नं. ६ का इन्चार्ज युवराज ज्ञावली, नेताहरु प्रकाश ज्वाला, गोरखबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश नं. ६ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।