२०७७ मंसिर १४, आईतवार

दोहोर्याएर चुनाव नलड्ने फ्रान्सका राष्ट्रपतिको घोषणा

एजेन्सी । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलाण्डले फेरि राष्ट्रपती पदको चुनाव नलड्ने घोषणा गरेका छन् । उनको यो घोषणाले सबैलाई चक्मा दिएको छ ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै सोसलिष्ट पार्टीका नेतासमेत रहेका होलाण्डले भने, मैले दोहोर्याएर चुनावमा नजाने फैसला गरिसकेको छु ।’ फ्रान्सको ईतिहासमा पदमै बहाल रहँदा दोस्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गर्ने उनी पहिलो राष्ट्रपति भएको बीबीसीले जनाएको छ ।

franswa-holandउनको यस्तो घोषणासँगै पहिलो प्रतिक्रिया दिँदै पूर्व अर्थ मन्त्री इम्यानुअल मेक्रोनले राष्ट्रपतिको घोषणा एक साहसिक निर्णय भएको बताएका छन् । केही महिनाअघि सरकारबाट राजिनामा दिएका म्याक्रोन राष्ट्रपती पदमा उमेद्बारी दिने तयारीमा छन् ।

होलाण्डले चुनाव नलड्ने घोषणा गरेपछि उनको सोसलिष्ट पार्टीले आगामी जनवरीमा उमेद्बार चयन गर्ने बताइएको छ । फ्रान्समा आगामी अप्रिल र मे मा गरी दुई चरणमा राष्ट्रपति चुनाव हुँदैछ ।