२०७७ मंसिर ९, मंगलवार

सुर्खेतमा पनि अपाङगता दिवस मनाइयो, ‘अधिकार कागजमा सीमित नगर्न आग्रह’

nfdn_appealसुर्खेत । अपाङ्गता भएका व्यक्तिका हक अधिकारलाई कागजमा मात्रै सिमीत नराखी व्यवहारमा लागु गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

‘हाँसील गरौ दिगो विकासका १० लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य’ भन्ने मुल नाराका साथ २५आँै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । महिला तथा बालबालिकाको कार्यालय सुर्खेत र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, जिल्ला च्याप्टर सुर्खेतको आयोजनामा गरिएको कार्यक्रममा आफ्ना हक र अधिकार प्राप्तीका लागी अपाङ्गता भएका व्यक्तिहरु एकजुट हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

अपाङ्गता शसक्तिकरण केन्द्रका अध्यक्ष विष्णु प्रसाद शर्माले अहिलेको अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिहरुलाइ अन्य व्यक्तिहरुले हेर्ने दृष्टिकोण फरक भएको भन्दै सहज वातावरण सृजना गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नका लागि आफुभित्र आफै परिवर्तन हुनु जरुरी भएको बताए ।

नेत्रहिन संघ सुर्खेतकी मेनुका आचार्यले अपाङ्गता सम्बन्धि काम गर्ने विभिन्न संघ सस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिएका कामको समिक्षा हुनुपर्नेमा जोड दिइन । नेत्रहिन संघ की सोमना खड्काले पनि आफुहरु शारीरीक रुपमा अशक्त भएपनि बौद्धिक रुपमा सक्षम भएको उल्लेख गरिन ।

यसैबिच, कार्यक्रममा अपाङ्गताका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल , जिल्ला च्याप्टर सुर्खेतले महिला तथा बालबालिकाको कार्यालय सुर्खेत र कार्यालयका प्रमुख जमुना पौडेललाई र कार्यालयलाई सम्मान पत्र प्रदान गरेको छ । आए एन एफ सुर्खेतद्वारा सञ्चालित ए.एन.बि सुर्खेतले तिन जनालाइ प्रतिव्यक्ति ६ हजार रुपैयाँ छात्रवृत्ति समेत प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरु बुद्धिराम चौधरी,बिरेन्द्र वली र बशन्त जैसीलाइ छात्रवृत्ति प्रदान गरीएको हो । कार्यक्रममा नेत्रहिन संघ सुर्खेतका केन्द्रीय सदस्य तारा ढकालले ओम कुमारी वलीलाई सेतो छडी समेत प्रदान गर्नुभएको छ ।
यसैबीच सुर्खेतमा अहिलेसम्म चार हजार १ सय पचास जना अपाङ्गता भएका व्यक्तिलाई अपांगता परिचय पत्र वितरण गरिएको छ ।

जसमा आर्थिक वर्ष २०७२÷७३ को कात्तिक मसान्त सम्म महिला २९ र पुरुष ६९ जनाले अपांगता परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका कार्यालय सुर्खेतले जनाएको छ । ५६ जना शारिरीक अपाङ्गता भएका, ७ जना दृष्टिबिहीन, १० जना बहिरा अपांगता भएका, दुई जना सुस्त श्रवण अपाङ्गता भएका, दुई जना स्वर बोलाई अपांगता भएका, आठ जना वौद्धिक सुस्त मनस्थिति भएका र बहुअपांगता भएका १३ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।