२०७७ मंसिर ९, मंगलवार

मंगलगढीको साधारण सभा

सुर्खेत । यहाँको वीरेन्दनगरमा रहेको मंगलगढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा सहकारीका अध्यक्ष प्रेमबहादुर रावतको सभापतित्व तथा राष्ट्रिय सहकारी नेपालका सञ्चालक समितिका सदस्य पदम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभामा सस्थाको आ.व २०७३÷०७४ को प्रस्तावित आयव्यय ७ करोड ३५ लाख ८० हजार ९८ रुपैया ४५ पैसा बराबरको प्रस्ताव गरिएको छ । अध्यक्षय रावतले आयव्यव प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष निलिमा थापाले २०७२÷०७३ को हालसम्म ५ करोड ९७ लाख ३७ हजार ४ सय ४२ रुपैया ४५ पैसा कारोबार भएको जानकारी दिइन । कार्याक्रममा एसएलसीमा लगनशिल उत्कृष्ठ अंक ल्याएर पास भएकी यमुना रावल र मनिष आरसीलाई सम्मान गरेको थियो । यस्तै जिल्ला स्तरिय बोर्डमा उत्कृष्ठ अंक ल्याने एन्जीला रावल र योगेन्द्र रानालाई सम्मानित भएका थिए ।

यसैगरी असल दैनिक बचतकर्ता पुरुष तर्फ जीतबहादुर खत्री र महिला तर्फ विष्णु घिमिरे सम्मानित भएका थिए भने असल मासिक शेयर सदस्य बचतकर्ता पदमबहादुर क्षेत्री र मिसन केसीलाई सम्मान गरिएको थियो । यस्तै असल क्रृणी बचत जमानबाट अशोक शाही र रत्नादेवी खत्री लाई सम्मान गरिएको हो । भने असल क्रणी धितो जमानबाट भिमबहादुर महतारालाई सम्मानित भएका थिए ।

कार्यक्रममा युवा स्वारोजगार कार्यक्रम सुर्खेतका संयोजक प्रकाश पौडेल, शिवबिहार सहकारी संस्थाका प्रतिनिधी सुवास श्रेष्ठ, नवज्योति सहकारी संस्थाका प्रतिनिधी बसन्त महतारा लगायतको उपस्थिती रहेको थियो ।