२०७७ माघ ९, शुक्रबार

सुर्खेतका रबिन्द्रजंग शाही एसिया कपका लागि छनौट

सुर्खेत । श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।  छनौट समितिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिक सहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

KUALA LUMPUR, MALAYSIA - MARCH 1: Nepal pose for a team photo before the ICC U/19 Cricket World Cup Plate Final match against West Indies held at the Baeyumas Oval on March 1, 2008 in Kuala Lumpur, Malaysia. (Photo by Stanley Chou/Getty Images)
नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो ।

 

 

 

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो । सन्दिप लामिछानेको कप्तानीमा रहेको टोलिमा सुर्खेतका रबिन्द्रजंग शाही पनि प्रतियोगिताका लागि छनोट भएकाछन् । नेपाली टोलिमा मोहम्मद आसिफ शेख,आदिल खान,भीम सार्र्की,अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी,पवन सर्राफ,सुवर्णाकार उराव र सन्दिप सुनार रहेका छन् ।

यस्तै कमल सिंह ऐरी,नन्दन यादव, प्रकाश केसी,रोहित कुमार पौडेल र अविश कर्ण पनि प्रतियोगिताका लागी छनोट हुनु भएको छ । वैकल्पिक खेलाडीहरुमा,शाहब आलम, किशोर महतो, बिक्रम भुसाल र सुशान्त थापा रहनु भएको छ । एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ ।