२०७७ मंसिर ११, बिहीबार

विदेशबाट आएका मटेलाका युवा लुटिए

1040168814सुर्खेत। बिदेशबाट नेपाल फर्किएका एक जना युवा काठमाडौंको पानी पोखरी नजिक लुटिएकाछन् । सुर्खेतको मुटेला–८ घर भएका शेरबहादुर जि.सी. को एक लाख २३ हजार ५ सय रुपैयाँ लुटिएको हो ।

ग्लोवल बैंक पानीपोखरीबाट रकम निकालेर निस्किएका जिसीलाई पिछा गर्दै आएका लुटेराले नजिकैको गल्लिमा लुटेका हुन् । नजिकै गल्लिमा हिडिरहेको वेला ३ जनाको समुहमा आएका लुटेराले मोवाइल माग्ने निहुमा चक्कु देखाएर रकम लुटेको पीडितले बताएका छन् ।

जिसी बिरामी भएर उपचार गर्न भन्दै काम छोडेर नेपाल फर्केका हुन् । गत २१ गते मात्र नेपाल आई पुगेका जि.सी. बैंकबाट परकम निकालेर उपचारका लागि गोंगबु बसपार्कतिरको बाटोबाट जाँदै थिए ।  लुटेराहरु बैंकवाट रकम निकाल्नु अघिसँगै आएको पीडितले बताएका छन् । रकम निकाले पछि तिनै युवाले आफूलाई लुटेको उनको भनाई छ ।

बैंकवाट निकालेको १ लाख र आफ्नो साथमा भएको २३ हजार ५ सय सबै लुटेको जि.सीले बताए ।