२०७७ कार्तिक ११, मंगलवार

बस आपसमा ठोक्किँदा ९ जनाको मृत्यु, ३१ घाइते,

makawanpur-manahri-map१६ साउन, हेटौँडा ।

मकवानपुरको मनहरीमा गएराति दुई वटा बस आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु भएका मध्ये चार जनाको नाम खुलेको छ । मृत्यु हुनेमा बिनोद चौधरी, सन्तोष चौधरी, मणिरत्न चौधरी र लक्ष्मी प्रसाद अधिकारी रहेका छन् । उनीरुको ठेगाना खुलेको छैन ।

मृत्यु भएका एक महिला र एक बालिकासहित ५ जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार ६ जनाको घटनास्थ्लमै र ३ जनाको चुरेहील अस्पताल हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो । घाइते सबैको चुरेहिल अस्प्तालमै उपचार भइरहेको डिएसपी गौतमले जानकारी दिए।

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस र काठमाडौंबाट उदयपुरका लागि छुटेको ना ५ ख ५० ५५ नम्बरको बस हेटौंडा–नारायणगढ सडक खण्ड अन्तर्गत मकवानपुरको मनहरी गाविस ३ रमण्टारमा गएराति साढे १ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।