२०७७ माघ ५, सोमबार

गाउ नै खुसी बनाउने अभियानमा महिलाहरू

img_2691,

सुर्खेत । सधैँ घरको चुलोचौकोमै मात्र सीमित रहने महिलाहरूले अरूको मुख ताकेर बस्नु हुँदैन भन्दै समाज रूपान्तरणको अभियानमा जुटेका छन् । गर्न चाहे असम्भव केही छैन भन्ने भावनाका साथ उनीहरूले गाउँलाई नै खुसी बनाउने अभियानमा लागेका छन् ।

उनीहरूले गाउँमा एकपछि अर्काे गर्दै राम्रा कामहरूको थालनी गरेर उदाहरणीय बनेका छन् । कुनाथरी–५ बेलचौर स्वाबलम्बन आमा समूहका महिलाहरू विगतमा महिलाहरूको आफ्नै घरको काममा मात्रै व्यस्त देखिन्थे भने घरमा श्रीमान्को कमाईको प्रतिक्षा बस्ने गर्थे ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक नेपाल)ले बेलचौर गाँउमा संवाद केन्द्र स्थापना गरेपछि भने उनीहरू गाउँलाई नै खुसी बनाउने अभियान थालेका छन् । अहिले बेलचौर, सुर्खेतकी चन्द्रा गौतम संवाद केन्द्रको कक्षा सञ्चालन गर्दै आएकी छन् ।

चन्द्राले सानै उमेरमा विवाह गरिसकेकी थिइन् । चन्द्रा अहिले २९ वर्षकी भएकी छन् । ११ वर्षको छोरा, ५ वर्षकी छोरी, श्रीमान्, सासुससुरा गरी ५ जनाको परिवार भएकी चन्द्रा गौतमको बाल्यकालको सम्झना आउँछ । सानै उमेरमा विवाह बन्धन बाँधिएकी थिइन् ।

उनले किर्डाक नेपाल संस्था अन्तरगत स्ट्रोमा फाउन्डेशन नेपालको आर्थिक सहयोगमा सञ्चालित किशोरी संवाद केन्द्रकी सहजकर्ताको रूपमा काम गर्दै आइन् । चन्द्रा गौतमले अहिले आफ्नो पहिलाको अनुभवलाई सुनाउँदै भनिन्, ‘‘म सानो छँदा मेरा बुबाले रक्सी खाएर आउनु हुन्थ्यो, मेरी आमालाई बेस्सरी कुट्ने अनि आमाले तरकारी र कुखराका चल्ला पालेर जम्मा गरेको पैसा लिएर रक्सी खाएर आई आमालाई कुटेका पीडा सहन नसकेर हामीलाई रात नपरे पनि हुन्थ्यो घर जान नपर्ने भए हुन्थ्यो ।

’’ चन्द्राको पढाईमा सारै अवरोध भएको बताइन् । तैपनि संघर्ष गरेर एस्एल्सी पास पनि भइन् । घरको अवस्था देख्दा उनी साह्रै दुःखित थिइन् । चन्द्रहरूको दु.ख देखेर उनकी फूपूले विवाह गरेपछि केही सुख हुन्छ की भनेर केटा ल्याएर विवाह गराएकी बताइन् । उनको घरको आर्थिक अवस्था र घरक स्थिती देखेपछि २०११ म किर्डाक न ेप ालद्व ा र ा सञ्च लित सबल कार्यक्रमअन्तरगत संवाद केन्द्रको सहजकर्ताको रूपमा काम गर्ने छनौट भएकी थिइन् । प्रत्येक दिन दुई घण्टा १३ वर्षदेखि १९ वर्षस म्मक ा किशोरीहरूसँग दिन बिताउन लागिन् ।

आफ्नै समुदायको समस्या र त्यसलाई समाधान कसरी प्रभावकारी तरिकाले अगाडी बढाउने भन्ने बारेमा जीवन उपयोगी सीपहरूको माध्यमबाट आगाडी बढेकी थिइन् । स ंवाद क ेन्द्रम ा साथीहरूसँग समाजका कुसंस्कार र कुरीतिका बारेमा छलफल गर्थिन् ।

ति किशोरीहरूलाई कहिले जीवनोपयोगी सीपका बारेमा त कहिले आयआर्जन तथा आम्दानी र जीवीकोपार्जनसम्बन्धी छलफल गर्दै आएक ा े बताइन् । क हिले जनचेतनामूलक क ार्यया ेजना र आयआर्जनमूलक कार्ययोजना बनाई कार्यान्वयन पनि गरिन् ।

उनको धुलीचौर संवाद केन्द्रले काठमाडौंसमेत गएर बालविवाह सम्बन्धी नाटक देखाउन अवसर पाएको र त्यस नाटकमा सहभागी ८ जिल्लामध्ये उत्कृष्ट भएकोमा उनीले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘‘त्यसपछि झनै उनलाई समुदायलाई रूपान्त र ण गर्न े भन्दै क हिले जनचेतनाका कुरा त कहिले सडक नाटकका कुरा त, कहिले विद्यालय भर्ना लगायतक ा अभिय ानमा सक्रियरूपमा काम गर्दै आएका छौं

।’’ त्यतिमात्रै नभई समुदायलाई परिवर्तन गर्ने अभियानमा जुटेकी चन्द्रा संवाद सिकाईलाई अन्य काममा पनि लागू गरेकी छन् । अहिले चन्द्रा मसिना सामुदायिक वनको अध्यक्ष हुँदै सफलता सामाजिक उद्यमी महिला सहकारीको अध्यक्ष बनेकी छन् । चन्द्राले आफ्नो जीवनमा किर्डाक नेपालले परिवर्तन गरेको भन्दै खुसी व्यक्त गरिन् । अनी अहिले बेलचौर स्वाबलम्बन आमा समूहको सदस्य रहेकी छन् ।

सरस्वती निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्यमा पनि प्रतिनिधित्व जनाएकी छन् । अहिले बेलचौर स्वाबलम्बन आमा समूहबाट ३ हजार लिएर १० वटा कुखुरा किनी क्ुखुरापालन व्यवसाय सुरू गरिन् । १० वटा कुखुराबाट ७० वटा बनाइन् अनि त्यसलाई बेचि आ एक ा े आम्दानीबाट ५ वटा बाख्रा किनी अहिले बाख्रापालन सुरू गरेको उनको भनाइ छ ।

यसलाई अझै व्यवसायिक बनाउन विभिन्न सरोकारवाला निकायहरूसँग सल्लाह, सुझाव र सहयोग खोज्ने क्रममा किर्डाक नेपालबाट बाख्रापालन, कुखुरा पालनसम्बन्धी तालिम पाएको उनले बताइन् । गौतमले या े व्यवसायलाई निरन्तररूपमा गर्ने बताईन् । चन्द्राले आफ्नो जीवन नै किर्डाकले परिवर्तन गरेपछि आफूले अहिले बेलचौरलाई नै परिवर्तन गर्ने चाहेको बताइन् ।

चन्द्रा केवल एक जना प्रतिनिधि पात्र मात्रै हुन्, अहिले बेलचौर, सुर्खेतका महिल ाहरू सत्रि mयरूपमा अघि बढिरहेका छन । बेलचौरलाई एक खुसी नमूना गाउँका रूपमा परिवर्तन गर्ने अभियानमा लागेकी डिलमाया सिंजापतिको घरमा ६ जना सदस्य छन् । उनले सुखी गाउँलाई नमूनाको गाउँ बनाउने अभियानमा लागेकी छन् ।

डिलमाया पहिला घरमा श्रीमान्को भरमा बसेकी थिइन् । डिलमायाले स्वावलम्बन आमा समूहमा लागेपछि समुदायलाई परिवर्तन गर्नुपर्छ भन्ने अभियानमा २२ जना जुटेको बताइन् । यस्तै, कुनाथरी – ५ बेलच ौर स्वावल म्बन आमा समूहकी अर्की सदस्य डिला सारूले आफू कृषितिर अगाडि बढेक ो बताइन् ।

उनले तरकारी उत्पादन गर्ने र बजारमा लिएर बेचेर आम्दानी गर्ने गरेको बताइन् । उनले तरकारी बेचेर वार्षिक ३०÷४० हजारसम्म आम्दानी गर्ने गरेको बताइन् । उनले भनिन्, ‘‘खुसी गाउँको अभियान चलाएका छौँ’’, ‘‘सधैँभरी यही गाँउमा बस्ने समुदाय खुसी भएमा हामी पनि खुसी हुन्छौ ।’’ दुःख परेका दिदीबहिनीहरूलाई सहयोग गरी हातेमालो गरी लैजाने आफूहरूको अभियान भएको उनको भनाइ छ ।

दिदीबहिनीहरू सबै एकजुट भएर लागेको स्वावलम्बन आमा समूहकी सचिव निर्मला दर्लामीको भनाइ रहेको छ । श्रीमान्ले पनि साथ सहयोग दिने गरेको उनले बताइन् । ‘‘आफू सक्रिय भए सबै गर्न सम्भव रै’छ, श्रीमान्ले पनि सहयोग गर्नुहुन्छ,’’ उनले भनिन्, ‘‘हामीलाई संस्थाले सहजीकरण गर्ने काम गरेको छ, फाइदा भएको छ ।

’’ स्वावल म्बन आ मा समूहलाई सहकारीको रूपमा बढाउने, आफ्नो गाउँ आफै बनाऔँ भन्ने अभियानलाई सफल पारेर देखाउने अभियानलाई तीब्रता दिएको उनले बताइन् । बेलचौरलाई सुर्खेतकै नमूना गाउँको रूपमा रूपान्तरण गर्ने भन्दै सामाजिक काममा अघि बढेका छन् ।

किर्डाक न ेपालद्वा रा सञ्च ालित स्ट्रामा फाउण्डेशनको आर्थिक सहयोगमा दीगो विकास तथा मर्यादित सामाजिक आर्थिक सशक्तिक र ण (सिड्स) क ार्यक्रमले सञ्चालन गर ेक ा े स्वालम्बन आमा समूहले कुनाथरी–५ मा रहेको ५३ घरधुरी रहेको र जसमा ४ घर दलित रहेको गाउँलाई नमूना गाउँको रूपमा अभियान चलाएका छन् । समाजमा महिलालाई हेर्ने नजर अझै पनि सुधारात्मकरूपमा विकास हुन सकेको छैन ।

स्वावलम्बन आमा समूहले ‘‘हाम्रो घर खुसीयाली नमूना गाउँ हामी आफै बनाऔँ, कुनाथरी–५ बेलचौर गाउँलाई सभ्य समाजको पहिचान जनाऔँ’’ भन्ने मूल नारासहित अभियान चलाएका छन् । खुसी नमूना गाउँका न्यूनतम सूचकहरू छन् । उनीहरूको सूचकमा सबै बालबालिकाहरू विद्यालयमा जाने, छोराछोरीमा भेदभावमुक्त, घर–घरमा चर्पी, गा ेबरग्या ँसक ा े व्यवस्था, धुँवारहित चुलो, स्वच्छ तथा सुरक्षित खानेपानीको व्यवस्थापन घर–घरमा धारा व्यवस्था भएको हुने उल्लेख छ ।

यस्तै, मद्यपान, धुमपानरहित समाज, लैङ्गिक हिंसा, घरेलु हिंसा नह ुन े, सबैल ाई घर –प िर वा र मा आयआर्जनका लागि व्यवसाय, फोहोर फाल्ने खाडल, सड्ने र नसड्ने फोहोरको खाडल छुट्टा –छुट्टै, घरवरिपरि सफा, घर–घरमा बिरूवा, सबै गर्भवती महिलाहरूले गर्भ जाँच गराउनुपर्ने, खोप, सुरक्षित सुत्केरी स्याहार सेवा पाएको हुनुपर्नेलगायतका सूचक छन् ।