२०७७ माघ ९, शुक्रबार

भ्रष्टाचार विरुद्धको अन्तराष्टिय दिवस, कर्मचारीहरु जिम्मेवार हुनुपर्ने

सुर्खेत । भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवस सुर्खेत सहित देशै भर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । “भ्रष्टाचार बिरुद्धको सहकार्य–सुशासनको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ सुर्खेतमा गरिएको कार्यक्रममा सरोकारवालाहरुले समाजको रोगका रुपमा रहेको भ्रष्टाचारको जरो उखेल्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन ।

imagesदिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालमा बर्षेनी भ्रष्टाचार गएको प्रति चिन्ता जनाएका छन । कार्यक्रममा क्षेत्रीय प्रशासक कृष्णाप्रसाद देवकोटाले कर्मचारीको मूख्य साथि कानुन भएकाले जनतालाई सर्वोपरी ठानेर काम गर्न सुझाव दिए ।

भ्रष्टाचार जति कम गर्न सकियो उतिनै समाजमा शान्ति,सुरक्षा र सुशासनको प्रत्याभूति हुने बताउँदै नागरीकप्रति जिम्मेवार नहुने कर्मचारीलाई जागिरबाट अवकास गर्ने चेतावनी दिए । क्षेत्रीय प्रशासक देवकोटाले बिगतमा प्रशासक भएर काम गर्दा पनि केही कर्मचारीहरुलाई जागीरवाट हटाएको स्मरण गर्दै अनियमितता गर्ने र कर्तव्य नगर्ने कर्मचारीलाई अख्तियारको भन्दा अगाडी आफैले कारवाहीको दायरामा ल्याउँने स्पष्ट पारे ।

यस्तै अख्तीयारको क्षेत्रीय कार्यालयका प्रमुख जंगबहादुर डाँगीले बिश्वमा सबैको टाउँको दुखाईको बिषय बनेको भ्रष्टाचारको अन्त्यका लागी सबै तहवाट म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने संकल्प गर्ने हो कम गर्न सकिने बताए । माथिल्लो र शक्तिको आड्मा भ्रष्टाचार हुने गरेको अवगत गराउँदै त्यसको निधान गर्न सार्वजनीक सेवा प्रदायकवाटै सुधार हुनु पर्नेमा जोड दिए ।

उनले पदीय जिम्मेवारी ईमान्दारिताका साथ पालन गर्न आग्रह समेत गरेकाछन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले आयोगको कार्यक्षेत्र बढाएर बिभिन्न निजी क्षेत्रको भ्रष्टाचारलाई कम गरेमा नागरीकले सुशासनको अनुभुति गर्ने बताए । कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश डम्मर शाही, जिल्ला प्रहरी प्रमुख एसपि मोहन आर्चाय, जिल्ला वन अधिकृत हेमराज बिष्ट,बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

यस अािर्थक वर्षमा ४११ उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र कोहलपुरको कार्यालयमा यस आर्थिक बर्षमा ४ सय ११ वटा उजुरी दर्ता भएका छन ।

चालु आर्थिक बर्ष २०७३÷७४ को ५ महिनामा परेको उजुरी मध्ये अहिले सम्म ८६ वटाको फर्छाैट भईसकेको छ भने ३ सय २५ वटाको टुङगो लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ ।  यस अवधिमा १ करोड २९ लाख ९१ हजार ७ सय ८७ रुपैयाँ बिगो दाबि गरिएको छ । २ जनालाई रंगेहात पक्राउँ गरीएको छ भने ८ जना बिरुद्ध अदालतमा मुद्दा दायरसमेत गरिएको कार्यालयका जंगबहादुर डाँगीले बताए ।

यस आर्थिक बर्षमा सुर्खेतवाट ८४, कालिकोटवाट ८२, जाजरकोटका ६८ र दैलेखवाट ५४ वटा उजुरी दर्ता भएका छन । यस्तै जुम्लावाट २८,मुगुवाट २७, हुम्लाका २५, रुकुमका २७ र डोल्पावाट सबै भन्दा कम १६ वटा दर्ता भएको उनको भनाई छ ।
अघिल्लो आर्थिक बर्षको तुलतामा यो पटक मुद्दाको संख्या घटेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा २ हजार ६९ वटा उजुरी दताए भएकोमा १६ सय ८३ वटाको मात्र फर्छाैट भएको थियो । यस्तै हरेक बर्ष डिसेम्बर ९ तारिखमा बिश्वभर बिभिन्न कार्यक्रम गरी भ्रष्ट्राचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाईन्छ ।

गएको बर्षको ट्रान्सपरेन्सी ईन्टरनेशनलको तथ्याङक हेर्दा पनि नेपाल २७ अकंका साथ बढी भ्रष्टाचार हुने मुलुकको सुचि १ सय ३० औ स्थानमा रहेको थियो ।