२०७७ मंसिर ९, मंगलवार

छानविन समिति गठन

सुर्खेत मंसिर । उद्योग वाणिज्य संघ सुर्खेतद्धरा आयोजित कर्णाली एक्सपो अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटनको दिन ¥यालीमा सहभागि भएकी १६ वर्षीया बालिका समिक्षा आर्चायाको मृत्यु भएको घटनाको छानविन हुने भएको छ ।

पुनरावेदन बार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थितिमा सोमवार बसेको बैठकले नागरिक स्तरबाट गठन गरेको छानविन समितिले घट्नाको छानविन गर्ने भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतका जिल्ला प्रतिनिधी दुर्गा थापाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती,जिल्ला बार इकाई सुर्खेतका अध्यक्ष नन्द भण्डारी,पुनरावेदन बार इकाईका कौशिला योगी,मानवअधिकार तथा एकल महिला समुहकी रामकुमारी थापा र सिविन नेपालका सुभेच्छा खडका रहेकी छन ।

समितिले सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत बालिका आचार्यको मृत्यु घट्नाको सत्य तथ्य पत्ता लगाई आवश्यक छानविनको लागि पहल गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने भएको छ । बालिका आचार्यको ¥यालीमा सहभागि हुदा बेहोस भए लगत्तै सुर्खेतमा उपचार हुन नसकि शिक्षण अस्पताल कोहलपुरमा लैजाने क्रममा बिहीवार मृत्यु भएको थियो ।