२०७७ माघ ५, सोमबार

जिल्ला प्रशासनकै सेवा छरितो नभएको सेवाग्राहीको गुनाशो

surkhet-map111सुर्खेत, मंसिर  । “जिल्ला प्रशासन कार्यालय’’ जिल्लाको प्रमुख प्रशासकीय निकाय हो । जिल्लामा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाको काम कार्वाहीको अनुगमन तथा मुल्यांकन गर्नुका साथै शान्ती सुरक्षा कायम गर्न पनि जिलला प्रशासन कार्यालयले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

नागरिकको आधिकारिक विवरणको रेकर्ड राखी नागरिकता प्रमाणपत्र तथा राहदानी वितरण गर्नु जिल्ला प्रशासन कार्यालयको अर्को एक महत्त्वपूर्ण काम हो । यदि प्रशासनको काम नै फितलो भईदियो भने समग्र जिल्लाको प्रसासनिक काम नै फितलो भईदिन्छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका सेवाग्राहीले प्रशासनले आफ्ना मान्छेको काम छिटोछिटो गरिदिने र अरु सेवाग्राहीको काम छिटोछरितो नहुने गरेको गुनाशो गरेका छन् ।

भेरीगंगा नगरपालिकाका मायाराम परियारले आफुले छिटो छरितो सेवाको अपेक्षा गरेको भएपनि त्यसो नभएको बताए । यस्तै, करिब ६÷७ दिनदेखि नागरिकता बनाउनका लागि वीरेन्द्रनगर १९ का हर्कबहादुर शार्की धाईरहेकाछन् । उनको आमाको नागरिकता नभएका कारण उनी त्यसैका लागि धाएको बताए ।

यतिका दिनसम्म पनि काम नभएपछि सोझा साझा भनेर हेपेको त होला उनले भने’–‘हामी नागरिकताको लागि डुलेको सात दिन भईसक्यो, हामीलाई विश्वासै गर्दैनन् सबै प्रमाण जुटाउँदा पनि सोझा भनेर त होला ।” उनले भने–‘खै के मिलेन, आमाको पहिले देखि नै नागरिकता थिएन, त्यही बनाउँ भनेर आको हो, कहिले कहाँ जाउ भन्छन् कहिले कहाँ, नागरिकतै बनाउन दश दिन लाउँछन् भने अरु काम झन् के होला ।’’

यता, जिल्ला प्रशासन कार्यालयले भने प्रशासनको कुनै पनि काम ढिलो नभएको दाबी गरेको छ । प्रक्रिया पुरा गर्नुपर्ने भएका कारण मात्रै कुनै कुनै काम ढिला हुने गरेको प्रशासकिय अधिकृत पुर्णिमा उपाध्यायले बताइन । ‘‘नागरिकताको सवालमा यो असम्भव छ,’ उनले भनिन्–‘जो अगाडि आउँछ उस्को अगाडि नै हुन्छ, पछाडी आउनेको पछाडी हुन्छ ।’’

केही प्रक्रिया नमिलेर काम रोकिएको उपाध्यायले बताइन । ‘‘उहाँहरु जुम्लाबाट बसाईँ सरेर आएकोले हामीले जुम्लाको प्रशासन कार्यालयलाई पत्र पठाएका छौँ’ उनले भनिन्–‘उताबाट जवाफ आएको छैन, त्यसले गर्दा रोकिएको छ ।,’’
प्रशासनमा कहिले पनि कसैको यसरी गुनासो नआएको प्रशाशकिय अधिकृत उपाध्यायले दाबी गरिन् ।