२०७७ माघ १२, सोमबार

देउती बज्यै बनाउने योजना

धर्मलाई सस्कृति परम्परा संग जोड्यो भने यस्ले सामाजिक परम्पराका कतिपय आयामहरुलाई स्पष्ट पार्छ । धर्म पुराना सभ्यता र मानब समाजसंग जोडियो भने पनि यस्ले समाजकै हित गर्छ । समाजको हित र भलोका लागि सबै प्रकारका कर्म गर्न सबै तत्पर नै रहन्छन ।

सुर्खेतको परम्परागत मान्यता बोकेको देउतीवज्यै मन्दीरको पुर्ननिर्माणका लागि अहिले स्थानिय समितिले योजना सार्वजनिक गरेको छ । यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको मंगामाला देउती बज्यै मन्दिरको संरक्षण तथा विकासका लागि गुरुयोजना निर्माण गरेर यस्को दिर्घकालीन विकाश गर्ने योजना बनाईएको छ ।

मन्दिरको दीर्घकालिन विकास गर्ने उद्देश्यका साथ गुरुयोजना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मुख्य धार्मिक पर्यटकीय स्थल भएपनि यसको समुचित विकास हुन नसकेकोले गुरुयोजना मन्दिरका आफ्नै मान्यता छन । मन्दिरको बारेमा धेरै चर्चा भएता पनि मन्दिरमा आउने पर्यटकलाई आकर्षक गर्न अहिले पनि सकिएको छैन । मन्दिरको क्षेत्र भित्र विभिन्न किसिमका भौतिक निर्माणहरु गर्ने गरी गुरुयोजना निर्माण गरियो भने यस्ले यहाको सास्कृतिक मान्यतालाई उजागार गर्छ ।

अबको पाँच वर्षमा काम सम्पन्न गर्ने गरि निर्माण गरिएको गुरुयोजनाले यहाको एैतिहासीकतालाई झल्काउने काम गर्नेछ भने पर्यटनको विकाशका लागि पनि महत्वपुर्ण भुमिका खेल्ने विस्वास गर्न सकिन्छ । त्यसकारण पवित्र उदेश्यले निर्माण गर्न लागिएको यो कार्यलाई जनस्तरबाट पनि समर्थन हुनेछ । स्थानिय जनसमर्थनले सहयोगी दाताहरुले यस्को निर्माणमा सानो सानो सहयोगले पनि ठुलै काम सम्पन्न हुनसक्छ ।