२०७७ मंसिर १०, बुधबार

क्यान्सर पीडितलाई विद्यार्थीको सहयोग

सुर्खेत, मंसिर  । प्रोस्टेट क्यान्सरबाट पिडित बनेका नेपाल ईन्जिनियर्स सोसिएसनका आजिवन सदस्य ईन्जीनियर मुरलीगोपाल रन्जीतकारलाई सुर्खेतका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

nepal-moneyमध्यपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनीयरि संकायका विद्यार्थीहरुले भारतको नयाँदिल्ललीमा उपचाररत रहेका रन्जितकारलाई आर्थिक सहयोग गरेका हुन् । ंमध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ ईन्जिनियरीका क्याम्सपस ईकाई कमिटीका अध्यक्ष रामबहादुर कार्की, विनितसिं ठकुरी र रमेशकुमार बुढा लगायत ईन्जीनयरी संकायका सम्पूर्ण विद्यार्थीहरुले रञ्जीतकारको उपचारका लागि ७ हजार १ सय ५० रुपैया सहयोग गरेका हुन् ।

ईन्जीनियरी एसोसियसन महासंघका केन्द्रिय महासचिव उमेश थानीको नेतृत्वमा मुरलीगोपाल रञ्जीतकारलाई उपचारका लागि उक्त रकम संकलन गरिएको स्कुल अफ ईन्जिनियरीका क्याम्सपस ईकाई कमिटीका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।