२०७७ मंसिर ९, मंगलवार

करिब ९० लाख बराबरको कारोबार

karnaliसुर्खेत, मंसिर । सुर्खेतको वीरेन्द्रनगरमा चलिरहेको कर्णाली एक्स्पो अन्तराष्ट्रिय व्यापार मेलाको सातौँ दिन मात्रै करिब ९० लाख बराबरको कारोबार भएको छ ।

बुधबार करिब नौ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । बुधबार गायक राजु ढकाल, डम्मर नेपाली, गायिका भुमिका गिरी, मोडल शंकर बीसी, हाँस्य कलाकार अरबिन्द भट्टराई, चिरञ्जीबी सापकोटा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

महोत्सवको आठौँ दिन आज (विहीबार) चर्चित गायक हेमन्त शर्मा, कुलेन्द्र बि.क, डान्सर कविता बाँनिया, अनु गुरुङ्गलगायतको प्रस्तुति रहनेछ ।