२०७७ मंसिर १०, बुधबार

समिक्षाको मृत्यबारे छानविन गर्न समिति गठन

सु15380273_554707171395797_5592534749737935907_nर्खेत,।यहाँको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको कर्णाली एक्स्पो–२०१६,अन्तराष्ट्रिय ब्यापार मेलाको उद्घाटनका अवसरमा ¥यालीमा सहभागी भएकी छात्रा समिक्षा आचार्यको मृत्युका सम्बन्धमा छानविन समिति गठन भएको छ ।

यहाँको वीरेन्द्रनगरमा रहेको होराइजन बोर्डिङ स्कुल कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यको ¥यालीमा सहभागिता र त्यस सम्बन्धी सत्यतथ्य पत्ता लगाउनका लागि जिल्ला शिक्षा समिति, सुर्खेतले छानविन समिति गठन गरिएको हो ।

विहीबार अपरान्ह ४ बजे यहाँका स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा बसेको जिल्ला शिक्षा समिति सुर्खेतको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक बलबीर सुनारको संयोजकत्वमा गठन गरिएको छानविन समितिको सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल र महिला तथा बालबालिकाको कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्य रहेकाछन् ।

जिल्ला शिक्षा समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, शिक्षक महासंघ सुर्खेतका अध्यक्ष पदमप्रसाद गौली र जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको उपस्थिति रहेको थियो ।