२०७७ मंसिर ८, सोमबार

सुत्केरी बेथा लागेपछि सुत्केरी हुन नसकि फेरी एक महिलाको कालिकोट जिल्ला अस्पतालमै मृत्यु

300px-manmaरत्न का र्र्की
  कालिकोट ।
सुत्केरी बेथाले थलिएकी एक महिलाको कालिकोट जिल्ला अस्पतालमा उपचार हुन नसके पछि मृत्यु भएको छ ।पस्तुति अबस्था गंम्भिर रहेको भन्दै गाबिस स्वास्थ्य संस्थाले जिल्ला अस्पताल जान सुझाव दिएको ५ दिन पछि जिल्ला अस्पताल पुर्याइएकी धौलागोह ५ की २८ वर्षीया किस्मता जैसिको सुर्खेत लैजाने क्रममा दैलेख जिल्लाको राकम कर्णालीमा एम्बुलेन्समै बिहिबार राति मृत्यु भएको हो ।

गत २५ गते नै गाविस स्वास्थ्य संस्थाले जिल््ला अस्पताल जान सिफारिस गरेको थियो । उनलाई जिल््ला अस्पतालम पुर्याउने पैसा र स्टेचर बोक्ने मानीसहरुको जोह गर्दैे न्युन आयस्रोत भएका जैसिको घरपरिवारलाई ५ दिन लाग्यो ।
उनलाई जिल्ला अस्पतालबाट दुई दिनको पैतल यात्रा लाग्ने धौलागोहबाट जिल्ला अस्पताल पुर्याउन ढिला भए पछि उनि सुत्केरी बेथाले थलिसकेकी थिइन ।

उनलाई आफन्तले बोकेर ३० गते बिहान ११ बजे जिल्ला अस्पताल पुरयाइएका थिए ।
उनी जिल्ला अस्पताल पुग्दा पाठेघर फुटेको थियो भने दुबै मृगौला काम नगर्ने अबस्थामा रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल पुगे पछि उनको अन्तिम चरणामा अस्पतालले केही गर्न नसकेको जिल्ला अस्पतालका प्रमुख डाक्टर कौसल अलिले जानकारि दिनु भयो ।

एक अर्की महीलालाई अप्रेसन पछि सुर्खेत उडाइयो ।
त्यस्तै सुत्केरी बेथाले थलिएकी एक अर्की महीला लाई सुक्रबार हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ । कालिकोट जिल्ला स्युना गाबिस वार्ड नं ४ की मिठ्ठु शाहीको अबस्था नाजुक बन्दै गएपछि सुक्रबार जिल्ला अस्पतालकै पहलमा उनलाई सुर्खेत तर्फ पठाइएको हो ।उनको पहीलो बच्चा स्युना गाबिसमै रहेको अथिंङ सेन्टरमा जन्मेको थियो । त्यस पछि उनको पेटमा अर्को बच्चा पनि रहेको ले उनको सल्यक्रियाका लागी जिल्ला अस्पताल सिफरि गरेको स्युना बर्थिङ सेन्टरले जानकारी दिएको छ ।

बच्चा तेस्रो अबस्थामा रहेकाले प्रस्तुती गराउन अफ्ठेरो भए पछि उनलाई कालिकोट जिल्ला अस्पताल सिफरिस गरिएको स्वास्थ्य संस्था स्ुयनाले जानकार िदिएको छ ।कालिकोट जिल्ला अस्पतालमा उनको बिहिबार अप्रेसन भएको थियो, अप्रेस भए पछि उनको पाठय्घर खुम्चिएन र रतश्राव भईरहे पछि उनको पाठ्यघर झिकिएको थियो । तत्कालन जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान स्वास्थ्य संस्थाकै कर्मचारि लगाएतले ८ पिन जति रगत दिदा पनि ज्यान जोगाउन कठिन भए पछि उनलाई आइसियुको आाबश्यतmा हुन सक्ने भन्देै जिल्ला अस्पतालले डेढ लाखमा हेलिकप्टर रिर्जव गरि सुर्खेत पठाएको छ ।

यो आर्थिक वर्षमा जिल्लामा तिन जना महीलाहरुले बच्चा जन्माउन नसकेर ज्यान गुमाई सकेका छन कालिकोट जिल्ला अस्पताल १५ सैयाको जिल्ला अस्पताल मध्यमा स्वास्थ्य सेवा सुचाङंकमा देशकै एक नंम्बरमा रहेको छ । यसरी एक नंम्बरमा रहेको जिल्ला अस्पतालमा त यस्तो अबस्था छ भने ग्रामिण भेकमा स्वास्थ्य पहुच कस्तो होला सहजै बुझन सकिन्छ । त्यस्तेै जिल्ला जनस्वास्थ्य कार्यालय १७ औ स्थानमा रहेको छ । सरकारले बेलैमा जिल्ला अस्पतालको स्तर बृद्धि गर्न नसक्दा अहीले पनि गुणस्तीय स्वास्थ्य सेवा कर्णाली बासीले पाउन सकेका छैनन् ।