२०७७ माघ १२, सोमबार

‘प्रदेश नं. ६ मा माओवादीको विकल्प छैन ’

15556243_1183463605100248_1654447392_o

सुर्खेत,  ।नेकपा (माओवादी केन्द्र) प्रदेश नं. ६ का संयोजक मायाप्रसाद शर्माले माओवादी सिंहका रुपमा उदाउने बताएकाछन् ।प्रदेश नं ६ मा माओवादी केन्द्र बाहेक अरु कुनै पनि पहिलो शक्ति बन्न नसक्ने भन्दै उनले देशैभरी माओवादी सिंहकै रुपमा उदाउने बताए ।

माओवादी कम्जोर भएको भ्रम फैलाइएको भन्दै उनले माओवादीले अन्य राजनीतिक दलहरुलाई लतारेर जनताका एजेण्डामा ल्याएको दावी गरे । ‘‘माओवादी कम्जोर भयो भन्ने भ्रम फैलाइएको छ,’ उनले भने–‘माओवादी सिंह हो, प्रदेश नं. ५ मा माओवादीको विकल्प छदैछैन, माओवादीले नै सबैलाई जनताको एजेण्डमा लतारेर ल्याएको छ ।

’’ पार्टी जनवर्गीय संगठनहरुको परिचय, सम्मान तथा पार्टी निर्माणमा जनवर्गीय संगठनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् र यहाँको वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन सुर्खेतको आयोजनामा भएको कार्यक्रममा सहभागी विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधीहरुले पार्टीको निश्चित कार्यदिशा बनाएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए । उनीहरुले निश्चित कार्यदिशा बनाएर अघि बढेको खण्डमा पार्टीको उदेश्यहरु पुरा गर्न सजिलो हुन भन्दै सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका सहभागीहरुले अन्य पार्टीको आलोचना गर्नुुभन्दा पनि आफ्नो पार्टीलाई कसरी एक नम्बरमा पुयाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताएका हुन् । अन्तरक्रियामा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रीय अध्यक्ष नरेश भण्डारीले राष्ट्रघातिहरु अहिले देशमा नायकको भूमिकामा देखिन खोजेको भन्दै त्यस्ता व्यक्तिहरुलाई पन्छाएर अघी बढ्नुपर्नेमा जोड दिएका छन् ।

यसै कार्यक्रममा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन सुर्खेतले तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा सुर्खेत क्याम्सप (शिक्षा) का सहायक क्याम्पस प्रमुख राजन कंडेल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ संकायका डीन ललितविक्रम राणा र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका सदस्य डाक्टर केशरसिं राना रहेका छन् ।

नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन सुर्खेतका अध्यक्ष बिमल नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुद्धिजिवी संगठनका केन्द्रीय उपाध्यक्ष जीतबहादुर राना, माओवादी केन्द्र सुर्खेतका इन्चार्ज नरबहादुर विष्ट, संयोजक कृष्ण जिसी लगायत अन्य विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।