२०७७ माघ ३, शनिबार

वीरेन्द्रनगर जुनियर जेसीजको अध्यक्षमा अधिकारी विजयी

jci-photo

सुर्खेत,  ।वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ को अध्यक्षमा जगत अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न १० औै शाखा अधिबेशनबाट अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारीले प्रतिस्पर्धी तुल्सी आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । वीरेन्द्रनगर जुनियर जेसीज स्थापना भएपछि पहिलो पटक निर्वाचन भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षका लागि पनि मतदान भएको थियो । मतदान प्रक्रियाबाट कार्यकारिणी उपाध्यक्षमा विवेचना खनाल सबैभन्दा बढी मत ल्याएर विजयी भएकीछन् भने यज्ञ बहादुर खत्री पनि कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका छन् । खनाल र खत्रीले अर्जुन वि.क.लाई पराजित गरेका हुन् ।

यस्तै उपाध्यक्षहरुमा क्रमश राम विशाम, विपना विष्ट, टिका प्रसाद ढकाल र दुर्गाप्रसाद शर्मा निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत वीरेन्द्रनगर जुनियर जेसीजका पूर्व अध्यक्ष राजकुमार सिजापतिले जानकारी दिए । कानुनी सल्लाहाकार, महासचिव, कोषाध्यक्ष, सचिव, सह–कोषाध्यक्ष लगायतका पदहरु भने मनोनित गरिने छ ।

यसैबीच १० वार्षिक साधारणसभा तथा शाखा अधिबेशनको उद्घाटन कार्यक्रमबाट वार्षिक प्रतिवेदन पारित गरिएको छ । वीरेन्द्रनगर जेसीज वर्ष १९९६ का अध्यक्ष श्रबणसिंह ठकुरीको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१६ का अध्यक्ष खेमराज वलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी सिंह लगायत वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष उपेन्द्र सुवेदी र जुनियर जेसीज वर्ष २०१६ का राष्ट्रिय संयोजक हरिलाल खड्काले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर जेसीजका निवर्तमान अध्यक्ष नीशा सुवेदी, वीरेन्द्रनगर जुनियर जेसीजका निवर्तमान अध्यक्ष मुना हमाल लगायतको पनि सहभागिता रहेको थियो ।
तस्बीर ः निर्वाचित पदाधिकारीहरु