२०७७ मंसिर १३, शनिबार

संशोधन प्रस्ताव फिर्ता नलिए कडा आन्दोलन गर्ने रिपब्लिकन पार्टी अफ नेपालको चेतावनी ‘संशोधन प्रस्ताव फेल गराउन जस्तोसुकै बलिदानी दिन तयार छौं’

काठleaders-ko-news-1माडौं, ४ पुस । रिपब्लिकन पार्टी अफ नेपालले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएकोले त्यसलाई तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष छत्र भट्टले ५ नम्बर प्रदेशमा जारी आन्दोलनमा आफुहरूको पूर्ण सहमति रहेको भन्दै सरकारको प्रस्ताव राष्ट्रहित विपरीत भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरेका हुन् । उनले भने,‘सिमाकंन हेरफेर अहिलेको आवश्यकता होईन, यसले राज्यलाई विभाजनतिर लान्छ, देशमा अराजकता फैलिन्छ, यसरी देशलाई विभाजनतिर लग्न खोजिए यहाँ आगो बल्छ, संशोधनको प्रस्ताव फेल गर्नको लागि हामी बलिदान दिन तयार छौँ ।’

फरक प्रसंगमा भट्टले छ महिना लामो मधेश बन्द र त्यसबाट सिर्जित दुःख, अभावको बिरुद्धमा नेपाली जनता लडेको भन्दै मधेशवादी दलहरूलाई फेरी पनि आन्दोलनको बाहनामा सत्तामा पुग्ने सपना नदेख्न चेतावनी दिए ।
उनले आफुहरू तत्काल चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले भने, ‘हामी चुनावको पक्षमा छौँ, चुनाव हुनुपर्छ, जनताले स्वविवेकको आधारमा मत हाल्नुपर्छ, पुराना र असफल पार्टीलाई छाडेर नयाँ सोच र बिचार भएको पार्टीलाई छान्नुपर्छ ।’