२०७७ कार्तिक ८, शनिबार

न्यायाधीशमा सिफारिस भएकाहरूको छिनोफानो आज

supremeकाठमाडौ, १६ साउन । लामो समयदेखि अड्किएको सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरूको छिनोफानो आज हुने भएको छ । आज बस्ने संसदीय सनुवाई समितिको बैठकले त्यसको निर्णय गर्नेछ ।

आजै सिफारिस राजदुतका विषयमा पनि सनुवाई गर्ने तयारी छ । आजको संसदीय सुनुवाई विशेष समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ वटै न्यायाधीहरूको छिनोफानो गर्ने भएको हो । संसदीय समितिले साउन १२ गतेदेखि न्यायाधीशहरुको संसदीय सुनुवाइ थालेको थियो ।

न्यायपरिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो ।