२०७७ माघ ४, आईतवार

भूमिगत समूहको नाममा आतंक मच्चाउने पक्राउ आतक्क मच्चाउने समूह नै भएको प्रहरी दावी

downloadसुर्खेत,  ।भूमिगत समूहका नाममा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले यहाँको वीरेन्द्रनगरमा पक्राउ गरेको छ ।

समाज सुधार जनता पार्टिको नाममा केही समय अघि सुर्खेतका बिभिन्न ठाउँमा आगजनी गर्ने र रकम असुलीमा संलग्न सह–कमान्डर बताउने वीरेन्द्रनगर १० का भूवन सुनारलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सुनारलाई मंसीर ३० गते वीरेन्द्रनगर, १६ शान्तिनगरवाट पक्राउँ गरेको प्रहरीले जनाएको छ । समूहको सदस्य बताउँने धर्मराज गीरीलाई यस अघिनै पक्राउँ गरेर कारागार चलान गरिसकिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपि बहादुरजंग मल्लले बताए ।
भूमिगत समूहका मुख्य कमान्डर सुरविर थापा बताउने नरेश खड्काको खोजि भईरहेको प्रहरीले जनाएको छ । भूमिगत समूहका नाममा सर्वसाधारण जनतालाई नक्कली हतियार देखाएर आतंक मच्चाउँने सबैको पहिचान भईसकेको डिएसपि मल्लले दाबि गरे । अहिले उनीहरुको खोजी भईरहेकोले २÷ ४ दिन भित्रै पक्राउँ गरेरै छाड्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस समूहले बिभिन्न ब्यक्तिहरुलाई धम्काउँदै ४ लाख बढी रकम असुल गरेको पनि प्रहरीले जनाएको छ । गएको भदौदेखिनै यो समूहले व्यापारी,जग्गा कारोबारी र मिटर ब्याजमा संलग्नहरुलाई फोनमार्फत धम्क्याउँदै रकम असुल्दै आएको बताईएको छ ।

यस्तै मिटर व्याजमा आवद्ध भएका व्यक्तिहरुले उनीहरुलाई परिचालन गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । वीरेन्द्रनगरमा पछिल्लो समय मिटर व्याजमा रकम फसेपछि यस्तै समूहरु गठन गरेर धम्काउने गरेको डिएसपी मल्लले बताउानु भयो ।

मिटर व्याजमा बढी महिलाहरु सक्रिय भएकाले उनीहरु रोडपतिबाट करोपति र करोडपतिबाट रोडपति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । समाज सुधार जनता पार्टिका अध्यक्ष सुरविर थापाले समाजमा बिकृति फैलाउँने र कर छल्नेहरुलाई कडा कारवाही गर्ने सुचना समेत निकालेको पाईएको छ । प्रहरीले यस्ता गिरोहको जरो उखेलेरै छाड्ने प्रहरीको दाबि छ ।

प्रहरीप्रति पत्रकारको आपत्ति
सुर्खेतका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयको सूचना दिने कार्यशैलिप्रति आपत्ती जनाएका छन । बिभिन्न समयमा हुने गरेका घटनाहरुलाई जिल्ला प्रहरीले कुनै एक दुई जना पत्रकारहरुलाई पहिले नै सूचना दिएर अर्काे दिन पत्रकार सम्मेलन गर्ने गरेको भन्दै आपत्ती जनाएका हुन ।
प्रहरीले पहिलेनै सुचना चुहाएर पछी साक्षिका रुपमा पत्रकार सम्मेलन गर्ने गरेको भन्दै पत्रकार कमल न्यौपानेले असन्तुष्टि जनाए ।
अघिल्लो दिन कुनै पत्रिका वा अनलाईनमा आईसकेको समाचारका बारेमा अरु पत्रकारहरुलाई औपचारीकता निभाउँन पत्रकार सम्मेलन गर्दा सूचनाको हकवाट बन्चित हुने महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र बिश्वकर्माले गुनासो गरे ।
आगामी दिनमा सूचना चुहाउने काम नर्गन पनि पत्रकारहरले डिएसपि बहादुरजंग मल्लको ध्यानाकर्षण गराएका छन । यता डिएसपि मल्लले भने सूचना दिने सन्र्दभमा प्रहरीले कसैलाई पनि बिभेद नगरेको जिकिर गरेका छन् ।