२०७७ मंसिर १४, आईतवार

प्रेस सेन्टर ६ नं. प्रदेशको दोस्रो बोर्ड बैठक सम्पन्न चुनावको माहोल बनाउनुस ः पूर्व गृहमन्त्री बस्नेत

१. आपत्कालिन अक्षयकोष स्थापना २. पत्रकारको क्षमता अभिबृद्धि गरिने

15595967_1186639101449365_26411309_o

सुर्खेत, । प्रेस सेन्टर नेपाल, कर्णाली प्रदेश नं. ६ को दोस्रो पूर्ण बोर्ड बैठक बुधबार यहाँको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथीका रुपमा सहभागी भएका पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले अब सबै स्थानीय चुनावको माहोल सिर्जना गर्न लाग्नुपर्ने बताएका छन् ।

उनले स्थानीय चुनाव बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भन्दै चुनावको माहल सिर्जन ागर्न लाग्नुपर्ने बताए । संविधान कार्यान्वयनका लागि जसरी पनि स्थानीय तह अनुसार स्थानीय निर्वाचन गर्नुपर्ने भन्दै उनले चुनावको माहोला बनाउनुपर्नेमा जोड दिए । उनले सरकारले पनि केही समयमै चुनाव घोषणाको तयारी गरेकोले पत्रकारहरुले त्यसको प्रचार गर्नुपर्नेमा जोड दिए ।

साथै उनले पत्रकारहरुमा दक्षता र क्षमताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिएका छन् संविधान कार्यान्वयनका क्रममा पनि नयाँ कुराहरु आउने भएकोले त्यस्ता नयाँ कुराहरुको जानकारी लिएर आम नागरिकहरुलाई जानकारी गराउन सक्ने हुनुपर्ने उनको भनाई छ । प्रेस सेन्टरमा आवद्ध पत्रकरहरुलाई प्र्रशिक्षण दिदै उनले प्रेस सेन्टरलाई स्थापित गर्दै एक नं. को संगठन बनाउन सुझाव समेत दिए ।

यसैबीच प्रेस सेन्टर नेपाल, कर्णाली प्रदेश नं. ६ को दा्स्रो पूर्ण बैठकले विभिन्न एजेण्डा र कार्ययोजनाहरु पारित गरेको छ । बैठकबाट संगठनलाई एक नम्बरको संगठन बनाउन विभिन्न कार्ययोजनाहरु पारित गरिएको हो । यस्तै ती कार्ययोजनाहरुलाई कार्यान्वयन गर्नका लागि विभिन्न विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
अब प्रेस सेन्टरले प्रदेश र प्रदेश अन्तरगतका जिल्लाहरुमा आफ्नै दक्ष प्रशिक्षकहरु पनि उत्पादन गर्ने छ । यस्तै संगठनको प्रदेश कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गर्ने र कार्यालयलाई सूचना केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यसैबीच बैठकबाट प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुका लागि आपत्कालिन कोषको पनि स्थापना गरिएको छ । बैठकले निर्णय गरे लगत्तै कोषका लागि ४० हजार बढी रकम जम्मा भएको छ । प्रेस सेन्टरमा आवद्ध व्यक्तिहरुबाटै उक्त रकम जम्मा गरिएको हो ।

पार्टीका ६ नं. प्रदेशका संयोजक मायाप्रसाद शर्माको पनि उपस्थिति भएको बैठकमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष सचेन रोका र सचिव विष्णु सापकोटाले पनि प्रशिक्षण दिएका थिए । प्रदेश अध्यक्ष धुर्वविक्रम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश अन्तरगतका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले जिल्लाको रिपोर्टिङ पेस गरेका थिए ।