२०७७ माघ १४, बुधबार

भ्रष्टाचार नियन्त्रणका लागि ६ बुदे प्रतिबद्धता

dsc09704सुर्खेत,  । विभिन्न ६ बुँदे  सामूहिक प्रतिबद्धता गर्दै सुशासन तथा जवाफदेहिता अभिबृद्धिका लागि आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा सहभागी सरोकारवालाहरूले भ्रष्टाचारविरूद्ध शुन्य सहनशिलता, सुशासन तथा जवाफदेहिता अभिबृद्धिका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले सरकारी तथा गैरसरकारी निकाय, संघसंस्थामा नागरिक वडापत्र, सूचना पाटी, सचना अधिकारी, ू गुनासो सुनुवाईको संरचनालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन ।

सहभागीहरूले सुशासन कायम गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल थाल्नुपर्नेमा जोड दिएका छन् । जिल्ला विकास समिति, सुर्खेतको सहयोगमा भएको

भ्रष्टाचारविरूद्ध शुन्य सहनशिलता, सुशासन तथा जवाफदेहिता अभिबृद्धिमा सरोकारवालाको भूमिका विषयक कार्यशालामा सहभागीहरूले नैतिकतामा सुधार ल्याउन सकेमा सुशासन कायम हुने निष्कर्ष निकालेका छन् । समापन कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी परशुराम उपाध्यायले जिविसबाट हुने योजना तर्जूमाको कार्यान्वयन तथा मल्याङकन गरेर सुशासन कायम गर्न सहयोग गर्न   प्रतिबद्धता जनाए ।

उपाध्यायले भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले समाजमा सुशासन कायम गर्ने अभियानमा सध खबरदारी गरेर सहयोग गर्न आग्रह गरे । यस्तै, कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत टंकप्रसाद लामिछानेले सुशासन कायम गर्नका लागि जिम्मेवार निकायहरू नै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका डिएसपि बहादुरजंग मल्लले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने सवालमा सधैँ प्रतिवद्ध रहेको बताए । गोष्ठीको सहजीकरण किर्डाक नेपाल र सहयोग स्ट्रोमा फाउण्डेशनले गरेको थियो ।