२०७७ माघ १२, सोमबार

शौचालय अधुरो निर्माण , गा.वि.स. खुल्ला दिशा मुक्त गर्ने तयारी

15672661_234788966943939_6535243244536525261_n

पुस ९  ।रौतहटका गा.वि.स. बन्जरहामा यहि आउदो पुष १० गतेका दिन दिउँसो १ बजे देखि खुल्ला दिशा मुक्त गा.वि.स घोषण गर्ने तयारी गरिदैछ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गौर रौतहट , आर.डि.सी र अक्सफाम नेपालको संयुक्त समन्वयमा हुन गई रहेको गा.वि.स बन्जरहा खुल्ला दिशा मुक्त घोषणा कार्य अगाडी बढाउन थालेका छन ।
तर सोही गा.वि.स.मा रहेका दलित बस्तीमा बसोवास गर्दै आएका स्थानिय वडा नं ८ का जगदिश राम ,विरी राम ,चलितर राम , रामप्रवेश राम, वडा नं ३ का रामचन्द्र महतो, रामाकान्त महतो , वडा नं ५ का खोभारी साह कानु , प्रसाद राय यादव र वडा नं ४ का राजकुमार सहनी लगायत दर्जर्नौ स्थानियहरुको घरमा अहिले सम्म चर्पी निर्माण भएको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गौर रौतहट , आर.डि.सी र अक्सफाम नेपालको संयुक्त समन्वयमा हुन गई रहेको सरसफाई मापदण्ड पुरा नगरी हतार हतारमा खुल्ला दिशामुक्त गा.वि.स घोषण गने तयारी गरेपनि स्थानिय निकाय मौन भई बसेका छन ।
अनुगमन कर्ताहरुले मात्र धनी तथा पक्की घरमा संस्थाका व्यक्तिहरुले हेरायोको घरमा मात्र अनुगमन गरी दलित तथा गरिब , विपन्न परिवार लाई वास्ता नगरी सरसफाईको गुरु योजना लाई विफल मुलक कार्यक्रम सोचका साथ संचालन गर्न गई रहेको छ ।
दलित वस्तिका विपन्न घर मुल्ली लाई जग्गा र अर्थको अभावले गर्दा सम्बन्धीत निकायले कुनै वैकल्पिक उपाय जस्तै सार्वजनिक शौचालयको व्यवस्था नगरी खुल्ला दिशा मुक्त घोषणा हुन गई रहेकोमा स्थानिय दलित र विपन्न जनमानसले गुणसो गरेका छन ।
सोही गा.वि.स.का प्रमुख व्यत्तिलत्वहरुले आफनो बल र धनको बलमा घरमा शौचालय हुदा पनि गा.वि.स बाट अनुदान स्वरुप पाउने रिंग र पैन लिई त्यहाका गरिब , दलित , विपन्न लाई अनुदानबाट बन्चित गरी आफनो घर हत्ता भित्र राखी विभिन्न किसिमले खुल्याम दुरुपयोग गरेको अवस्था हुदा पनि गा.वि.स मा काम गर्ने संघ संस्थाले मौन बसेका छन ।