२०७७ माघ १२, सोमबार

फेसबुक ग्रुपबाट बाढी पीडितलाई न्यानो

15682648_1159765287471328_694739477_nसुर्खेत,  ।सामाजिक सञ्जालहरुको दुरुपयोग भइरहेका बेला केही युवाहरुले सामाजिक सञ्जालकै माध्यमबाट उदाहरणीय काम गरेका छन् ।

प्रमुख सामाजिक सञ्चाल फेसबुकको सहायताले यहाँका केही युवाहरुलाई २०७१ सालको बाढीबाट पीडित भएकाहरुलाई हिउँमा न्यानो दिएका छन् । केही युवाहरुले फेसबुकमा ‘युथ फर चेन्ज’ नामको ग्रुप सञ्चालन गरेका थिए । सोही ग्रुपबाट उनीहरुले केही रकम संकलन गरे । जसको उद्देश्य थियो यहाँका बाढीपीडितहरुलाई न्यानो वितरण गर्नु । उच्च शिक्षा अध्ययन गर्दै गरेका युवाहरु विद्यार्थीहरुले फेसबुक ग्रुपको सहायताले संकलन गरेको रकमबाट वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेका वाढी पीडितहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

जाडो बढेसँगै यूथ फर चेन्ज ग्रुपले शनिवार शिविरमै पुगेर बाढी पीडितहरुलाई न्यानो कपडा वितरण गरेको हो । शिविरमा रहेका २६ परिवारलाई प्रतिपरिवार एक÷एक थान ब्लाङकेटसहित, ज्याकेट, टि–सर्ट वितरण गरेको जनाएको छ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेसबुक गु्रप मार्फत सहयोग संकलन गरी न्यानो कपडा वितरण गरिएको गु्रपका सदस्य शिवानी ढकालले जानकारी दिइन । ‘‘हामी उच्च शिक्षा अध्ययन गरिरहेका स्टुडेण्टहरुले नै यूथ फर चेन्ज ग्रुप सञ्चालन गरेका छौं, उनले भनिन्–‘त्यसैबाट उठेको रकमले न्यानो कपडाहरु वितरण गरेका हौं ।’’

यस गु्रपमा आवद्ध भएका सुर्खेत र देशैभर तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा संकलन भ्उको रकमबाट न्यानो कपडाहरु संकलन गरेर महिला प्रशिक्षणको शिविरमा रहेका पीडितहरुलाई वितरण गरिएको ग्रुपका सदस्य मनोज लम्सालले जानकारी दिए । उनले नेपाल र विदेशमा अध्यययनरत विद्यार्थीहरुले खाजा खर्च बचाएर सहयोग संकलन गरी शिविरमा रहेका वाढी पीडितलाई सहयोग गरिएको बताए । आफूहरुले फेसबुक गु्रपमार्फत करिब ४४ हजार रुपैयाँ संकलन गरेको र सोही रकमले बाढी पीडितलाई केही सहयोग होस् भनी न्यानो कपडा खरिद गरी वितरण गरिएको लम्सालले बताए । सानो सहयोग भएपनि पीडितहरुलाई जाडोमा केही न्यानो दिने विश्वास लिएको उनको भनाई छ ।

यो ग्रुपका माध्यमबाट सुर्खेतमा पहिलो कार्यक्रम आयोजना गरिएको हो । पहिलो पटक बाढी पीडितहरुलाई सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग रकम संकलन गरी निरन्तरता दिने ग्रुपले बताएको छ । कपडा वितरण कार्यक्रममा गू्रपका सदस्हरु भगवती शर्मा, समिर शर्मा, मनोज लम्साल, तुल्सी पुरी, सन्देश कडेल, नारायण शाहीलगायतको उपस्थिती थियो ।

15722627_1159766624137861_378381655_n