२०७७ मंसिर १०, बुधबार

वातावरणको चौधौं वार्षिक साधारणसभा सम्पन्न वातावरण सहकारीको बजेट पाँच अर्व

bbbbbb

सुर्खेत, वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर १०, सुर्खेतको चौधौं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले अहिले सबैको चासो नयाँ बन्न लागेको सहकारी ऐनप्रति रहेको बताउँदै सो ऐन सहकारीमैत्र ऐन आउने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभयो । मन्त्री थानीले विगतदेखि नै आफू स्वयम् पनि सहकारीसँग अत्यन्त नजिक रहँदै आएको बताउँदै नयाँ बन्ने ऐनले गरिब तथा मध्यम वर्गका नागरिकहरुको प्रतिनिधित्व गर्ने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि पूर्व स्वास्थ्य राज्य मन्त्री तथा सभासद खड्कबहादुर बस्याललले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले विशेषगरी लघुवित्त कार्यक्रम मार्फत राज्यको वित्तीय पहुँच नपुगेको दुर्गम तथा ग्रामिण क्षेत्रमा आफ्नो क्रियाकलापलाई प्रभावकारी ढंगले संचालन गर्दै महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सवल बनाउनमा महत्वपूर्ण भूमिका खेलेकोमा आगामी दिनमा पनि संस्था आफ्ना गतिविधिहरुमार्फत अझ दुर्गम क्षेत्रमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सो अवसरमा राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य चाँदनी ढकाल, वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मी, राष्ट्रिय सहकारी संघ संचालक सदस्य पदम दहाल, राष्ट्रिय सहकारी बैंक संचालक सदस्य हरिहरनाथ योगी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, सुर्खेतका अध्यक्ष एवम् साझा स्वास्थ्य विकास वोर्डका सदस्य चन्द्रप्रसाद थानी, जिल्ला सहकारी संघका रवि शाह, डिभिजन सहकारी कार्यालय, सुर्खेतका प्रमुख देवीप्रसाद पौड्याल, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, चिल्ड्रेन्स प्याराडाईज स्कूल प्रा.लि.का अध्यक्ष शरद पौड्याल लगायतले आ–आफ्नो भनाई राख्दै वातावरणले संचालन गरेको लघुवित्त लगायतका अन्य क्रियाकलापहरुको प्रशंसा गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव सुरजप्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष अनन्तप्रसाद पौडेलले गत आ.व.को रू.२ अर्व ३४ करोड ७० लाख ३४ हजार १ सय ८६ रुपैयाँ २१ पैसाको उपलब्धी, चालु आ.व.को लागि रू.३ अर्व ८२ करोड ७ लाख २१ हजार ३ सय ३ रुपैयाँ ५१ पैसाको संशोधन सहितको बजेट र आगामी आ.व. २०७४÷०७५ का लागि रू.५ अर्व ७ करोड ३५ लाख ३४ हजार ५ सय ३ रुपैयाँ ५१ पैसाको प्रस्तावित बजेट समेत पेश गर्नुभएको थियो ।

साधारणसभाको अवसर पारेर संस्थाले लघुवित्त कार्यक्रमलाई समुदायमा विस्तार गर्न महत्वपूर्ण सहयोग गर्ने सामाजिक व्यक्तित्वहरु जाजरकोटका मानबहादुर पुन र नरबहादुर राना, सल्यानका भुपेन्द्रबहादुर खत्री, ऋषिराज खत्री र प्रकाश राना तथा सुर्खेतका टिकाकुमारी अधिकारी र मिना वलीलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । त्यस्तै सोही अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी तथा वीरेन्द्रनगर र यरिचोक सेवाकेन्द्रका उत्कृष्ट केन्द्रहरुलाई पनि पुरस्कृत गरेको थियो । साथै सहकारीतर्फ उत्कृष्ट दशजना ऋणी र दशजना बचतकर्ता सदस्यहरुलाई पनि उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीद्वारा सम्मान गरिएको थियो ।

संस्था अध्यक्ष डम्वरप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाले चिल्डे«न प्यारडाईज विद्यालयमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीलाई   छात्रवृत्ति प्रदान गर्ने परम्परालाई निरन्तरा दिदै उत्कृष्ट अंक प्राप्त गर्ने २ जना प्राथमिक र २ जना माध्यमक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।