२०७७ माघ ५, सोमबार

धार्मिक सद्भावसहितको क्रिसमस डे

15665697_10209990389070114_2687957637018380780_nसुर्खेत, इसाईहरुले आफ्नो महान पर्व क्रिसमस डे सुर्खेतमा धुमधामका साथ मनाएका छन् । सुर्खेतमा रहेका विभिन्न चर्चहरुमा शुभकामना आदानप्रदान गरी उनीहरुले क्रिसमस डे मनाएका हुन ।

दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको विश्सास छ । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास छ ।

नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घको भनाई छ । सोही अनुसार पछिल्लो समय नेपालका गाउँगाउँमा पनि चर्चहरुमा क्रिसमस डे भव्य रुपमा मनाउने गरिएको छ । अहिले नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको तथ्याङक छ । सुर्खेतमा पनि इसाई धर्मालम्बीहरुको संख्या बढेको छ ।

इसाईहरुको पर्व भएतापनि सुर्खेतमा सबै धर्मालम्बीहरुले शुभकामना आदानप्रदान गरेकाछन् । केहीले धर्मनिरपेक्षता र संघीयताको बसहसंगै धार्मिक सहिष्णुतामा खलल पुग्ने विश्लेषण गरिएपनि सुर्खेतमा यस्ता पर्वहरुले अझ धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाएको छ ।

केही दिन अघि यहाँको वीरेन्द्य्रनगरमा क्रिसमसको शुभकामना आदान प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा हिन्दू लगायत अन्य धर्मालम्बीहरुले पनि कार्यक्रम स्थलमै शुभकामना आदानप्रदान गरेका थिए । विभिन्न सांसदहरु र राजनीतिक दलहरुका नेताहरुको सहभागिता हेको कार्यक्रममा उल्लेख्य सहभागितामा उल्लासका साथै शुभकामना आदन प्रदान भएको थियो ।

क्रिसमस डे को दिन पनि इसाई धर्मालम्बीहरु भन्दा पनि हिन्दू धार्मालम्बीहरुले नै क्रिसमस डे को शुभकामना दिएका छन् । विभिन्न सामाजिक सञ्जालका भित्ताहरु आइतबार क्रिसमस डे को शुभकामनाले भरिएका छन् । त्यसमा शुभकामना आदनाप्रदान गर्नेहरु धेरै जसो हिन्दू धर्मालम्बीहरु नै रहेका छन ।

यसले धार्मिक सद्भाव कायम भएको विश्वास लिइएको छ ।
सामाजिक सञ्जालमा शुभकामना दिने हिन्दूहरुले पनि धार्मिक सद्भावना झल्काएको छ । फेसबुकमा घनश्याम शाहीले क्रिसमसको शुभकामना दिदै लेखेका छन्–‘हो म हिन्दू हो……तर पनि म क्रिसमसको शुभकामना सम्पूर्ण मित्रजनहरुमा दिन चाहन्छु…..किनकी मलाई मेरो धर्मले सबै धर्मको सम्मान गर्न सिकाएको छ ।

’’ शाही जस्तै थुप्रै युवाहरुले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सद्भावपूर्ण शुभकामना संदेश र क्रिसमस डे को अवसरमा आयोजना गरिएका कार्यक्रममा सहभागी तस्बीरहरु पोष्ट गरेका छन् ।
सुर्खेतमा चर्चहरु बाहेक अमेरिकी कर्नरको आयोजनामा पनि क्रिसमस डे मनाइएको छ । उक्त कार्यक्रममा पनि विभिन्न धर्मसंग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सहभागी पत्रकार गणेश कार्कीले पनि क्रिसमसको शुभकामना सहित कार्यक्रममा सहभागी भएको तस्बीर पोष्ट गरेका छन् । यसले कुनै पनि धर्म कुनै व्यक्ति विशेषको मात्र नभई एकर्आको सद्भाव र सम्मान भएको संदेश दिएको छ ।

तस्बीर ः अमेरिक कर्नर सुर्खेतले आयोजना गरेको कार्यक्रमका सहभागीहरु ।