२०७७ माघ ८, बिहीबार

पश्चिम सुर्खेतमा पहिलो पटक जनज्योतीमा बोरिङ

सुर्खेत, पश्चिम सुर्खेतमै पहिलो पटक कुनाथरीको बड्डीचौरमा रहेको जनज्योती माध्यामिक विद्यालयमा पहिलो पटक बोरिङ (जमिन मुनिबाट पानी निकाल्ने) को परीक्षण गरिएको छ ।

छोटो समयमा कृषि प्राविधिक तर्फ उल्लेख्य प्रगति गर्दै नमूना विद्यालयका रुपमा स्थापित भएको जनज्योतीले आफ्नै कृषि फर्मका लागि बोरिङको परीक्षण गरेको हो । बोरिङ परीक्षण सफल भएको विद्यालयका प्राध्यानाध्यापक नारायण सिग्देलले जानकारी दिए । जमिन मुनिबाट २ इन्चको पाइप भरी पानी निस्केको छ ।15722748_1271993402866206_1374481395_n-1

विद्यालयको कृषि फर्मलाई उत्कृष्ट बनाउनका लागि पानीको आवश्यकता भएकोले त्यसका लागि बोरिङको परीक्षण गरिएको भन्दै सिग्देलले सफल भएको बताए । अब फर्ममा बाह्रै महिना खेती गर्न सकिने उनको भनाई छ ।

बोरिङ खन्नका लागि नेपाल सरकारले सम्पूर्ण रकम सहयोग गरेको थियो । सोही रकमले भूमिगत सिंचाई आयोजना, नेपालगञ्जले बोरिङ खनेको हो । अब पानी तान्नका लागि सोलार इनर्जीको आवश्यकता रहेकोले विद्यालयले सहयोगको आव्हान गरेको छ ।