२०७७ माघ ३, शनिबार

मानवअधिकार निगरानी समूह गठन

सुर्खेत  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत आईतवार जिल्ला स्तरीय मानवअधिकार निगरानी समूह वीरेन्द्रनगरमा गठन गरिएको छ ।

आर्थिक सामाजिक सांस्कृतिक अधिकारका सवाल, शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालहरुका बारेमा अनुगमन, सरोकारवाला निकायहरुसँग समन्वय, सहकार्य गर्न र सेवाप्रदायक निकायहरुलाई जिम्मेवार हुन दबाव सिर्जना गर्दै जिम्मेवार निकायहरुलाई जवाफदेही बनाउने उद्देश्यले जिल्ला स्थित अधिकारकर्मी, नागरिक समाज, कानुन व्यावसायी र सञ्चारकर्मीहरुको उपस्थितीमा सो समूह गठन गरिएको हो ।

जिल्ला बार एसोसिएसन सुर्खेतका अध्यक्ष नन्द भण्डारीको अध्यक्षता गठित समितिका सदस्यहरुमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, मानवअधिकाका लागि एकल महिला समूहकी केन्द्रीय सदस्य रामकुमारी थापा, दलित महिला संघ सुर्खेतकी अध्यक्ष मञ्जु सुनार, राष्ट्रिय उपभोक्ता मञ्च कोषाध्यक्ष लक्ष्मी वली, वातावरण सुधार समाज सूचना अधिकृत शोभा ढकाल, सुन्दर नेपालका कार्यकारी निर्देशक भुपेन्द्र कंडेल, समाज जागरण केन्द्र (स्याक) का कार्यक्रम संयोजक ओमप्रकाश सुवेदी, र सिविन नेपाल सुर्खेतकी कार्यक्रम संयोजक सुभेच्छा खड्का रहेकी छिन् । समूहको सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधी तथा जिल्ला कार्यक्रम सहजकर्ता दुर्गा थापा रहेका छन् ।

सो निगरानी समुहले जिल्ला स्तरमा हुने जुनसुकै मानवअधिकार उलंघनका घट्नाहरुको अनुगमन, आर्थिक सामाजिक, सांस्कृतिक तथा शिक्षा स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्ला तथा साहारे र मालारानी गाविसमा अन्तरक्रिया,संवाद, छलफल, बहस पैरवी गर्ने इन्सेक जिल्ला प्रतिनिधी दुर्गा थापाले बताए ।