२०७७ माघ ८, बिहीबार

अनुशरण हस्तान्तरण

सुर्खेत, साना किसान सहकारी संस्था लि. उत्तरगंगाले पश्चिम सुर्खेतको बावियाचौरमा आइतवार अनुशरण हस्तान्तरण कार्यक्रम गरेको छ ।

सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीको उपस्थितिमा गढी, लेखगाउँ, सालकोट र बावियाचौरका एक÷एक वटा सहकारीहरुको अनुशरण हस्तान्तरण गरिएको हो । सो क्रममा मन्त्री थानीले सहकारीको ३ खम्बे नीति अनुसार सहकारीले आफ्नो खम्बा मजबुत बनाएको बताए ।

उनले सहकारीहरुले सरकारलाई प्रदान गर्ने २० हजार शुल्क ग्रामीण क्षेत्रका लागि चर्को भएपनि शहरी क्षेत्रका सहकारीहरुका लागि सस्तो भएको बताउँदै तैपनि सवैलाई मान्य हुने गरी विधेयकमार्फत सम्बोधन गरिने जानकारी दिए ।
मन्त्री थानीले सहकारीहरुले नै गरिवी न्यूनीकरणमा सघाउ पु¥याएकोले आफू सहकारीमैत्री विधेयक प्रति प्रतिवद्ध रहेको बताए । कार्यक्रम साना किसान सहकारी संस्था उत्तरगंगाका अध्यक्ष चाँदनी ढकालको सभापतित्वमा भएको थियो ।