२०७७ कार्तिक १०, सोमबार

विद्यार्थीमैत्रि शैक्षिक निति

cropped-logo-1शिक्षामा दुइधार नेपाल सरकारले अख्तियार गरेको निति हो । नेपालमा बढ्दो बेरोजगार समस्या समाधानका लागि पनि यो निति जरुरी थियो सरकारले गर्यो यस्ले सरकारी कदम प्रति प्रशसा पाएको छ । तर राज्यले प्रयाप्त शैक्षिक संस्था नखोल्दीदा र शैक्षिक निति गतिलो नहुदा विद्यार्थीले विभिन्न समस्याहरुको सामना गर्नुपरेको छ ।

विद्यार्थीले चाहादा चाहादैपनि यस्ता समस्या भोग्नुपरेको छ । विद्यार्थीहरुले पैसा तिरेर प्राविधिक धारको शिक्षा लिन्छौ भन्दा समेत सरकारी निति बाधक बन्दा यस्तो समस्या भोग्नुपरेको छ ।

यस्तो पिडामा परेको यो एउटा उदाहरणमात्रै भए पुग्छ । केही दिन अघि कुनाथरीको बड्डीचौरमा रहेको जनज्योती उच्च माध्यामिक विद्यालयमा तीन वर्षे कृषि डिप्लोमाको प्रवेश परीक्षा लिइयो । परीक्षाको नतिजा सार्वजनिक भयो । परीक्षामा सहभागी भएकाहरु एक सय ९४ जना सबै उत्तीर्ण भए । उनीहरु सबै तीन वर्षे कृषि डिप्लोमा पढ्न योग्य थिए । तर त्यसमध्ये ३७ जनालाई मात्रै विद्यालयले पढ्ने अवसर दिएको छ । सिटिइभिटिले जम्मा ३७ जना विद्यार्थीहरुका लागि मात्रै कोटा दिएकोले बाँकी एक सय ५७ जनाले पढ्न पाएनन् ।

पछिल्लो समय प्राविधिक शिक्षातर्फ धेरै विद्यार्थीहरुको आकर्षण भएपनि उनीहरु प्राविधिक शिक्षा लिनबाट बञ्चित भएका छन् । आफूहरुको चाहनासंगै योग्यता हुँदाहुँदै पनि प्राविधिक शिक्षा लिन नपाएको विद्यार्थीको गुनाशो छ । प्रवेशिका परीक्षामा सहभागी भएर उत्तीर्ण भए पनि पढ्न नपाउनु विद्यार्थीहरुका लागि अन्याय भएको प्राविधिक शिक्षा अध्ययन गराईरहेका विद्यालयहरुको भनाई छ ।

यस्तो अवस्थामा राज्यले पनि प्राविधिक शिक्षामा विद्यार्थीहरुको सख्या बढाउने र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिन जरुरी छ । तत्कालै शैक्षिक निति परिवर्तन गरेर राज्यले आम नेपाली युवा विद्यार्थीहरुको बेरोजगारको समस्या हल गर्न प्राविधिक धारका शैक्षिक संस्था खोल्न जरुरी छ ।