२०७७ माघ ११, आईतवार

बिबिएसमा मोडेलको उत्कृष्ट नतिजा

mdlसुर्खेत, पुस १३ । त्रिभुवन विश्व विद्यालयद्वारा २०७३ जेठमा लिईएको व्यवस्थापन संकाय बिबिएस तेस्रो वर्षको नतिजामा सुर्खेतको मोडेल कलेजले उत्कृष्ट नतिजा ल्याएको छ ।

मोडेल कलेजले यसपटकको परीक्षामा ७० प्रतिशत नतिजा ल्याएको हो । तेस्रो वर्षमा परीक्षा दिएका विद्यार्थी मध्ये दिपा सलामी मगरले सबैभन्दा धेरै ७० दशमलब ४ प्रतिशत नतिजा ल्याएकी हुन् । मध्य तथा सुदूरपश्चिममै दीपाले ल्याएको यो अङ्क सबैभन्दा धेरै भएको कलेजकदावी छ ।

यो परीक्षामा सुर्खेतका ७ वटा कलेज सहभागी थिए । यो नतिजा प्रकाशित भएपछि कलेज व्यवस्थापनले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने प्राध्यापक, विद्यार्थी तथा अभिभावकलाई धन्यवाद दिएको छ । मोडेल कलेजले पुराना वर्षहरुझै यो वर्ष पनि उत्कृष्ठ अङ्क ल्याएको हो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिए र जिल्लामा निजी क्षेत्रबाट सञ्चालित कलेजले हाल व्यवस्थापन सङ्कायमा मात्रै अध्यापन गराईरहेको छ । हाल कलेजमा जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।