२०७७ मंसिर ९, मंगलवार

बालिकालाई विष खुवाएर मार्ने ३ वर्षपछि कारागार चलान १९ वर्ष १० महिना जेल सजाय सुनाएको एक वर्षपछि पक्राउ

kaidi1-e1455864263852सुर्खेत,  । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत, सुर्खेतले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष १० महिना कैद सजाय सुनाइएका वीरेन्द्रनगर नगरपालिका–११ का २३ वर्षे खगेन्द नेपालीलाई पक्राउ गरेको हो ।

जर्बुटा– ४ बस्ने बर्ष ४२ को जंग बहादुर रोकायको जाहेरीले कर्तव्य ज्यान मुद्धाका फरार नेपालीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी नायव निरीक्षक धुर्व बोहराको कमाण्डको टोलिली पुस १२ गते पक्राउ गरेको हो । बीरेन्द्रनगर नगरपालिका वडा न ११ मा रहेको आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

फरार नेपालीले मिति वि.स. २०७१ बैशाख १५ गते यहाँको जर्वुटा गाउ विकास समिति ४ बस्ने १४ वर्ष कि लिला रोकायलाई बिष सेवन गराई मारेका थिए । जाहेरीका आधारमा अनुसन्धान गरी प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले नेपालीलाइ वि.स.२०७२ जेठ १८ गतेको आदेशले नेपालीलाई १९ बर्ष १० महिना २७ दिन कैद सजाय तोकिएको थियो । पक्राउ गरिएका नेपालीलाई बुधबार जिल्ला अदालत सुर्खेतमा बुझाईएकोमा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।