२०७७ मंसिर ८, सोमबार

शिखर माविमा क्रान्तिकारीको कमिटी

सुर्खेत,   । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जागरण अभियान तथा एकता भेलाको भाव सम्प्रेषण अन्तर्गत बुधबार शिखर मावि रामघाटमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयमा सीमा सिंहको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मनु वी.सी., कुस्मा राना, गणेश कठायत, मीना हमाल, पुजा राना, गीता शाही रहेका छन् । यस्तै, सचिवमा रेशम थापा मगर, सह–सचिवमा राम बहादुर बि.क., दिलबहादुर नेपाली, जुनु तिवारी, पार्वती खत्री, जानकी घत र गणेश खत्री रहेका छन् भने कोषाध्यक्षमा दीपिका जी.सी. चयन भएका छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सुर्खेत जिल्ला सह–इञ्चार्ज देवीचन्द्र उपाध्याय, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष महेश जि.सी., मोतीराम रम्तेल र जिल्ला कोषाध्यक्ष मीना शाही र स्वयंसेवक विभाग सदस्य राजेन्द्र ठकुरी लगायको उपस्थिति रहेको थियो ।